१७ वटा दिगोविकासका लक्ष्य सिकाउदै युनेस्को

जुम्ला ः जुम्लाका शिक्षा क्षेत्रका सरोकारवालाहरुलाइ १७ वटा दिगोविकासका लक्ष्यहरुका विषयमा सुसूचित गरिएको छ। हरेक क्षेत्रमा दिगोविकासको अपरिहार्य छ। दिगो विकास लक्ष्यहरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ।
अहिले दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ ।भावी पुस्ताका आवश्यकताहरूको उपलब्धतामा प्रतिकूल प्रभाव पर्न नदिने गरी वर्तमान पुस्ताका आवश्यकता परिपूर्ति गर्ने विकासको रणनीति नै दिगो विकास हो । जसमध्ये एक हो । दिगोविकासको मेरुदण्ड शिक्षाक्षेत्र हो ।
यस्तै तातोपानी गाउँपालिका अवस्थित दुर्गा माध्यमिक विद्यालयका शिक्षक कर्णप्रसाद उपाध्ययले जब राजनीतिकरणको अन्त्य हुदैन तबसम्म जुम्लाको शिक्षाक्षेत्रले फड्को नमार्ने दाबी गरे ।अहिले जुम्लाको शिक्षा राजनीतिको मैदानमा रुपान्तरण भएको बताए । कुनै पनि विद्यालयमा प्रध्यनाध्यापक,विव्यस अध्यक्ष र स्थानीय सरकारको प्रमुख फरकफरक विचारको भए त्यो विद्यालयमा खिचातानी हुनुको अर्को विकल्प नभए बताए ।पढाइ गुणस्तरीयता ल्याउने कुरामा, शिक्षक नियुक्ति गर्दा,विव्यस गठन गर्दा होस र विद्यालयमा भौतिक संरचना निर्माण गर्ने कुरा होस आफ्नो ( आफ्नो दलको पावर सो देखाउने निति नै बसेको भन्दै चिन्ता व्याक्त गरे ।साच्चिकै विद्यालयको चौतर्फि दिगोविकास गर्ने हो । भन्ने हरेक क्षेत्रमा अब्लता देखाउनुपर्छ ।
विद्यार्थीले पढ्ने कुरामा इमानदारीपूर्वक नियमित विद्यालयमा उपस्थित हुने,प्रध्यानाध्यापकले विद्यालय सुधार योजना निर्माण गर्ने,अन्य शिक्षक(शिक्षिकाहरु नियमित रूपमा हाजिर हुने घण्टी नछाड्ने र अभिभावकले सल्लाह सुझाव दिने नपढाउने शिक्षक शिक्षिकालाइ निगरानीमा राख्ने र विद्यालयमा हुने गरेको विभिन्न आर्थिक क्रियाकलाप तथा अन्य गतिविधिमा शुसान कायम गरि पारदर्शिता गर्न लगाउनु पर्नेमा जोड दिए। रत्नचुण्डेश्वर माध्यमिक विद्यालयका
प्रध्यानाध्यापक कृष्णबहादुर रोकायाले विद्यालय सुधार योजना दिगोविकासको लागि अपरिहार्यता रहेको बताए । उहाँ अहिलेको यो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दै गएको बताउँछन् । हुने खाने अभिभावकले आफ्न छोराछोरी राम्रो निजि विद्यालयमा पढ्नुपर्ने हुन्छ ।
त्यसकै कारण सामुदायिक विद्यालयमा चासोको साथ हेर्ने गरिदैन। तर अब सबैको सोचनीय विषय बन्दै गएको रोकायाले प्रष्ट पारे। भगवती आधारभूत विद्यालयका प्रध्यानाध्यापक भिमबहादुर थापा आफ्नो विद्यालयमा केही सुधार हुदै गएको बताउँछन् । सदरमुकाम देखि दुरीका हिसाबले टाढा छ। तर विद्यालयको शैक्षिक सुधारको लागि लागि परेको बताए । विद्यालयमाविद्यार्थी र अभिभावकका गुनासालाइ सम्बोधन गर्नका लागि गुनासो पेटीकाको व्यवस्था अपांगमैत्री भवन,खानेपानी उचित व्यवस्था,छात्रछात्राको छुट्टाछुट्टै शौचालय, घेरबारको प्रवन्ध,हरियाली बनाउन वृक्षारोपण,हप्ताको दुई दिन कम्युटर शिक्षा दिने गरेको उनले जनाए ।
अहिले तीन सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।उनिहरुले युनेस्को सहभागीतामुलक कार्यक्रम अन्तर्गत दिगो विकास लक्ष्य ( ४ शिक्षा २०३० नेपाल राष्ट्रिय कार्यढाचाँ कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय सरोकारवालाहरुको क्षमता विकास दुई दिने कार्यक्रमको अन्तिम दिनमा यस्तो बताए हुन ।
शिक्षा विज्ञान तथा प्रविधिक मन्त्रालय,युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा फागुन ३० र चैत १ गते सम्म जुम्लाको वषपार्कमा अवस्थित भ्याली भ्यु होटलमा संचालन भएको थियो। गुठिचौर गाउँपालिका अन्तर्गत शिक्षा तथा खेलकुद शाखा प्रमुख सिहंमान रावत शिक्षाक्षेत्रको तिनकै सरकारको शिक्षा निति बाझिएको बताउँछन् ।गाउँपालिकाले छुट्टै निति निर्माण गर्छ।संघीय सरकारले फरक गर्छ। काम गर्न चुनौती देखिन्छ ।
स्थानीय सरकारले शिक्षाक्षेत्रलाई प्राथमिकता नराखेको जनाए । दिगोविकासको पहिलो विकास नै शिक्षा हो ।तर उपेक्षित गरेको पाइन्छ । नेपाल पत्रकार महासंघ जुम्लाकी सदस्य कल्पना रावतले दुई दिने तालिममा आर्जन गरेको कुरालाई विद्यालय स्तरमा उपयोग गर्न शिक्षकहरु अनुरोध गरिन् ।सदरमुकामका विद्यालय भन्दा ग्रामीण क्षेत्रका विद्यालय विद्यार्थीको गुणस्तर कहलीलाग्दो अवस्था छ। दुई तालिमको अवसरमा धेरै कुरा प्रअ र विव्यस अध्यक्षहरु आफ्नो विद्यालयमा विद्यालय सुधार योजना निर्माण गरि अगाडि बढ्नु पर्ने सुझाइन्। सबै व्यवाहारीक कुरा सिकाइएको छ।
त्यसको उपलब्धि विद्यालय र विद्यार्थीहरुको पढाइमा देखाउनु पर्नेमा जोड दिइन् ।शिक्षा विज्ञान तथा प्रविधिक मन्त्रालय सचिवालय सचिव गोविन्द प्रसाद अर्यालले १७ वटा दिगोविकासका लक्ष्यहरुका बारेमा जानकारी गराए।
गुणस्तरीय शिक्षामा सबैका लागि समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा आजीवन सिकाइलाई प्रवद्र्धन गर्ने,सबै किशोर तथा किशोरीहरूले निःशुल्क, समतामूलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने,शिक्षामा लैङ्गिक असमानताको उन्मूलन गर्ने र अपाङ्गता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गर्नेर दिगो विकास तथा दिगो जीवनशैली, मानवअधिकार, लैङ्गिक समानता, शान्ति तथा अहिंसाको संस्कृतिको प्रवद्र्धन, नागरिकता, र सांस्कृतिक विविधताको सराहनाका लागि शिक्षालगायतका माध्यमबाट सिक्न चाहने सबैले दिगो विकास प्रवद्र्धनका लागि आवश्यक ज्ञान तथा सीप प्राप्त गर्ने कुरालाई सुनिश्चित गर्ने लगायतका सवालहरु समेटिएको बताए । यस्तै पदमराज जैसीले यो तालिम कर्णाली प्रदेशको पहिलो भएको बताए ।








