रुपान्तरण शिक्षा लागु गर्न यूनेस्को सचिवालय जुम्लामा
जुम्ला ः जिवनरुपान्तरण गर्ने शिक्षा लागु गर्नका लागी यूनेस्कोको टोली जुम्ला पुगेको छ ।सिक्नका लागि नागरिक सहभागिताको अभियान नामक कार्यक्र वोकेर यूनेस्कोको टोली जुम्ला पुगेको हो । जुम्लाको चन्दननाथ नगरपालिका शिक्षा शाखा सँगको स्थानीय समन्वयमा नगरपालिकाका विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधी, नागरिक समाज, सामाजिक संस्था सँग जिल्लाको विकास, समृद्धि, सभ्यता, संस्कार सहितको जिवन रुपान्तरण गर्ने शिक्षाका बारेमा प्रशिक्षण दिइएको नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिव गोविन्द अर्यालले बताए। उनले भने,‘ अधिकृत पदमराज जोशी सहितको टोलीले जिल्लामा सरोकारवाला निकाय सँग यहाँका अनुभव तथा सभ्यता सस्कृति संरक्षण तथा अन्तरपुस्त सिप हस्तान्तरणका बिषयमा छलफल गरेको छ ।
चन्दननाथ नमुना माध्यामिक विद्यालयमा एक दिने रुपान्तरणतका निम्ति सिक्नका लागि सिकौ नागरिक सहभागिता कार्यक्रम मार्फत यूनेस्कोले नेपाल सरकारले शिक्षा क्षेत्रमा करेका काम र बनेका नितिको बारेमा बताएको छ ।
निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयका सचिव गोविन्द अर्यालले समाजमा सकारात्मक रुपमान्तरणका बिषयमा जिल्लाको बस्तुस्थितिको बिषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए ।
उनले समाजमा भएका बिकृति कम गर्दै हाम्रो सस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक भएकाले सिञ्जा सभ्यता, खस सभ्यताको बिषयमा जानकारी लिने समेत बताए । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत आयोगको सचिवालय रहेको बताउदै काम गर्ने क्रममा विभिन्न चुनौति र समस्या रहेको बताए । उनले भने,“ति समस्याहरु कसरी सामाधान गर्न, त्यसको खोजी र समस्या सामाधानको प्रयास तथा वहश छलफल गर्नका लागी नागरिक सहभागिता कार्यक्रम गरिएको छ ।
यस कार्यक्रमले हाम्रो समाजमा हुने सकारात्मक कामको पुस्तान्तरण गर्न विशेष जोड दिन आवश्यक छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले शिक्षामा फड्को मार्दै आएको बताउदै जुम्ला र कर्णालीको सस्कृति संरक्षण गर्न, सुन्दर भूगोलललाई पर्यटकीय मार्गमा लिन यूनेस्कोको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइन ।
त्यस्तै नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले हाम्रो सस्कृति र सभ्यतालाई जोड दिने,आफ्नो भूगोलको सम्भावना खोज्ने,शिक्षामा वालवालिकालाई अध्ययन गर्ने शिक्षकको योग्यता सवैभन्दा बढी हुनुपर्ने बताए ।
त्यस्तै शिक्षा क्षेत्रका जानकार तथा पूर्व शिक्षक लोकराज चौलागाईले कुनै पनि काममा तथ्यगत स्वतन्त्रता, महशुस र भविश्यलाई मध्यनजर गरेर अगाडि बढेमा सफल हुनेमा जोड दिए ।
त्यस्तै विद्यार्थी जानदेवी रोकायाले बिद्यालयमा पढाइने शिक्षा किताबमा मात्रै सिमित भएको बताइन ।उनले भनिन,‘किताबी ज्ञान भन्दा अब ब्यवारी शिक्षा आबश्यक छ ।युनिस्कोकोयस्ता प्रकारका कार्यक्रममा विद्यार्थीलाई समेत सहभागिता गराएकोमा आभार ब्यक्त गरिन । रोकायाले थपिन, हाम्रो संस्कृति र पुस्ताको ज्ञान थप सिक्ने चासो बढेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही सरकारले निमार्ण गर्ने पाठ्यपुस्तकमा खस सभ्यता, संस्कृति तथा सिञ्जा सभ्यताको बिषयमा बिद्यार्थीले पढ्न नपाउनु बिडम्बना रहेको बताए । उनले भने,‘ गुमुको राराताल, जुम्लको
चन्दननाथ जस्ता साँस्कृतिक सम्पदाहरुको बारेमा पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समेटिनुपर्ने बताए ।
यूनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले जुम्लामा वडाध्यक्ष, विद्यालयका प्रअ व्यवस अध्यक्ष, पत्रकार, जिल्लामा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक,जनप्रतिनिधि वडापालिका प्रमुख लगायतको सहभागीतामा ,दिगोे विकासका १७ लक्ष्य शिक्षा क्षेत्रमा कार्यान्वयन गर्ने बिषयमा समेत अन्तरक्रिया गरिएको छ ।










