संरक्षणको पर्खाइमा जुम्लाका ऐतिहासिक सम्पदा



जुम्ला:कनकासुन्दरी नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको कनकासुन्दरी गाउँपालिका आसपासका क्षेत्रमा रहेका प्राचीन देवल, ढुङ्गेलेख, शिलालेख तथा ऐतिहासिक मूर्तिहरू संरक्षणको पर्खाइमा छन्। खोला किनार, वनजङ्गल, पाखापखेरा र खेतबारीमा छरिएर रहेका यी पुरातात्त्विक सम्पदा उचित संरक्षण र अभिलेखीकरणको अभावमा अलपत्र अवस्थामा छन्।
पुर्खाको इतिहास, कला, संस्कृति र सभ्यताको पहिचान बोकेका यी अमूल्य सम्पदाको संरक्षणमा राज्यका तीनै तहका सरकारको ध्यान पुग्न सकेको छैन। समयमै खोज, अध्ययन र संरक्षण नगरिए ऐतिहासिक धरोहरहरू नष्ट हुने जोखिम छ। यी सम्पदाको संरक्षण गर्नु आजको आवश्यकता र भावी पुस्ताप्रतिको जिम्मेवारी हो।तस्बिर : दानबहादुर बुढा, जुम्ला










