जुम्ला प्रशासन : होलीमा इच्छा विपरित रंग दले कारवाही हुन्छ

जुम्ला ः जुम्ला प्रशासनले होली पर्वमा कसैको इच्छा विपरीत रंग दलेको खण्डमा कारवाही गरिने बताएको छ । बुधबार एक सूचना जारी गर्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले इच्छा विपरीत रंग नदल्न अनुरोध गरेकी हुन् ।

उनले भनिन, प्रशासनले भनेको छ,‘ रंगको माध्यमबाट एकअर्कामा खुसी साटासाट गर्ने फागु पर्व (होली)को सन्दर्भमा उक्त पर्व मनाउने क्रममा इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर फोहोर पानी÷रासायनिक पदार्थ छ्याप्ने, धार्मिक तथा साँस्कृतिक मूल्य÷मान्यतामाथि आँच पुर्याउने जस्ता अराजक कार्यहरू नगर्न÷नगराउन हुन अनुरोध गरेको छ ।

जुम्ला प्रशासनले कोभिड १९को संक्रमाणको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित ,मर्यादित र अनुशासित ,तवरले होली पर्व मनाउन हुन आम जुम्लाबासीमा जानकारीको लागी सार्वजानिक सुचना प्रकाशित गरेको छ ।