दुइ वडालाई लक्षित गरी शनिगाउँमा प्रहरी चौकी स्थापना

जुम्ला ःसिजागाउँकाको ५ र ६ वडालाई लक्षित गरी प्रहरी चौकी स्थापना गरिएको छ। नेपाल सरकार मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार सिजाको शनिगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो।साविको शनिगाउगाबिसमा प्रहरी चौकी स्थानपाना गर्ने भनि १५ वर्ष अगाडी त्यहाका सरोकारवाला निकायले पहल गरेका थिए ।
जुम्लाका प्रहरी नायव उपरिक्षक नरेनद्र चन्दले भने प्रहरी आफैमा एक जना जनशक्ति भएपनि राज्यको प्रतिनिधित्व भएकाले जनताले प्रहरीको काममा सघाउन आवश्यक रहेको बताए । उनले शान्ति सुरक्षा विकासको आधारभुत आवश्यकता रहेकोले जनता र प्रहरी एकै साथमा अघि बढ्नु पर्नेमा जोड दिए। उनले भने,“प्रहरी कानुन कार्यन्वयन गर्ने निकाय भएकाले गाउघरमा हुने अपराधिक क्रियाबलाप न्युनिकरण हुने छन । उनले भने शनिगाउका स्थापना भएको
स्थायी प्रहरी चौकिले मदिरा नियन्त्रण घरेलु हिंसा जस्ता अभियान शुरु गर्ने छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले समाजमा हिंसा कम गर्न शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्य आवश्यक छ । गाउमा प्रहरी चौकी हुनु शान्ति सुरक्षा प्रभावकारी हुने छ । उनले सिजा पर्यटकीय क्षेत्र समेत भएकाले शान्ति सुरक्षाको आवश्यकता भएको बेला सरकारले स्थायी प्रहरी चौकी स्थापना गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन ।
सिगाउपालिका ५का वडा अध्यक्ष मुन बहादुर रावतले स्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसि ब्यक्त गर्दै स्थानीय सरकारले प्रहरी चौकीमो भौतिक पुर्वधार जस्ता कुमारा सहयोग गर्ने प्रतिबद्धता गरे ।
प्रहरी चौकी स्थापना भएपछिस्थानीय सिजा ५ र ६का नागरिकले बाजगाजासहित स्वागत तथा खुशीयाली मनाएका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिगाउमा स्थापना भएको प्रहरी चौकीका इन्चार्ज नगिमान कठायतको नेतित्वमा ५ जना प्रहरी रहेका छन ।









