प्राङ्गारिक जिल्ला घोषणा गरिएको जुम्ला नाममै सिमित


जुम्ला ः २०६४ सालमा प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएको जुम्ला २०७८÷०७९ सालमा पनी जुम्लाका किसानले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्न छोडेका छैन । जुम्लाका बरिष्ठ किसान रामकृष्णा बुढ्थापा भन्छन,साविकको जिल्ला कृषि विकास कार्यालय, एसएनभी नेपालको सहयोगमा संचालित एचभिए–आइबी पाइलट प्रोजेक्ट र वर्ल्ड भिजनको सहयोगमा यहाँको स्याउको अर्गानिक प्रमाणीकरणका लागि कृषक समूह गठन गरेर प्रक्रिया सुरु भएको भन्ने सुनेको थिए । तर अहिले १४ वर्ष पुरा भयो यस कुनै लोखा जोखा छैन ।

अहिले झारपात व्यवस्थापन गर्ने भन्दै कृषकहरुले लुकेर ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्दै आएका पाइन्छ । त्यो कार्य रोकिएको अवस्था छैन । नाम मात्रै प्राङ्गारिक जिल्ला भएर के गर्ने उनले भने ,हाल कुनै पनि उपजको प्राङ्गारिक प्रमाणीकरण छैन। किसान बुढथापाले भने, जुम्ली काली मार्सी धानको आफ्नै ब्रराडछ । त्यस्तै स्याउ र सिमिको पनी छ ,ब्रराण्ड बनेको छ। तर यहाको नाम बेचेर अरु जिल्लाले फाइदा लिइरहेका छन ।

यहाका किसान गोडमेल गर्न सहज हुने भन्दै किसानले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गर्दै आएका छन। झारपात व्यवस्थापन गर्न नसकी केही कृषकहरुले रातिमा लुकेर ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोग गरेका किसानलाई यसको दिर्गकालिन असरको बारेमा थाहा छैन ।
प्राङ्गारिक जिल्ला घोषणा गरेर कृषकहरुले के पाए
जुम्लामा प्राङ्गारिक जिल्ला घोषणा गरेर कृषकहरुले के पाए? उत्पादन गूणस्तरको नहुँदा जुम्ली स्याउको माग काठमाडौँमा मनाङ र मुस्ताङको जति पनि छैन। हिउँदमा कालीकोट, मुगु र नेपालगंजबाट विषादी प्रयोग गरेको तरकारी यहाँका प्राङ्गारिक कृषकहरुले उपभोग गरिरहेका जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भने के यसैको लागि जुम्ला जिल्लालाई प्राङ्गारिक घोषणा गरिएको हो? तसर्थ, यो यथार्थ बुझेर प्राङ्गारिक कृषिको बहस गर्न आवश्यक छ । उनले भने हामी अर्गानिक जिल्ला भन्छौ साउन महिनामै काँचो स्याउ टिप्छौ । स्थानीय तह र सम्बन्धीत निकायले पनी यस बिषयमा ध्यान दिन सकेको छैन ।

जुम्लाको स्याउ नर्सरीमा विषादी प्रयोग नगर्ने हो भने कृषकहरु किरा तथा रोगबाट बिरुवा बचाउनै सक्दैनन्। प्राङ्गारिकका नाममा रोगी बिरुवा उत्पादन र बिक्री गर्ने त हैन होला नि? उदाहरण दिनु पर्दा, प्राङ्गारिक जिल्ला घोषणा गरिएको जुम्ला जिल्लाका अधिकांश नर्सरीमा गुणस्तरका बिरुवा नभएको सरोकारवालाको भनाइ छ । किनकी प्राङ्गारिक जिल्ला भएको कारण कृषकहरुलाई विषादी छर्न प्रतिबन्ध लगाईएको छ।

जैविक विषादी जुम्लामा पाईदैन। सर्भो तेल र निम जन्य विषादी प्रयोग गर्छन्, ती विषादीले कामै गरेको छैन। विषादीको प्रयोग बिना स्याउको स्वस्थ बिरुवा निकाल्न असम्भव छ। बिरुवाको अन्य जिल्लामा माग हुँदाहुँदै पनि गुणस्तरकै कारणले प्रयाप्त मात्रामा निर्यात गर्न सकिएको छैन। यस कारणले जुम्ला जिल्ला धोषणामै सिमित छ ।

त्यस्तै जुम्लाका किसानले यक्तिगत रुपमा जसले जुन ठाउँमा प्राङ्गारिक उत्पादन गर्छ, त्यो समस्या भएन तर राज्यको प्राथमिकता भने जहाँ यातायातको सुबिधा छैन, रासायनिक विषादी र मलखाद ढुवानी गर्न सहज छैन।
कर्णाली प्रदेशको उच्च पहाडी जिल्लाहरुमा पाइने देवदारको तेल प्रयोग गर्दा अधिकांश किरा नियन्त्रण हुने उक्त तेल प्रयोग गर्दै आएका कृषकहरु बताउँछन्।

त्यस्ता तेल उत्पादन गर्ने प्रशोधन केन्द्र स्थापना गर्न कृषकहरुलाई अनुदान सहयोग गरौँ जुन रासायनिक विषादीको विकल्प हुन सक्ने कृर्षि बिज्ञहरुको भनाइ छ ।प्राङ्गारिक कृषिका आधार स्तम्भहरु जस्तैः गोठेमल, कम्पोष्ट मल, गड्यौली मल, हरियो मल, प्रभावकारी सूक्ष्म जिवाणु र जैविक विषादीहरुको सघन उत्पादन र प्रयोग गर्न कृषकहरुलाई सहजिकरण गरे जुम्लाको तरकारी, स्याउको लगायत अन्यबालीमा अर्गानिक उत्पादन गर्न किसानहरुले बताए ।
प्राङ्गारिक मलखाद कारखाना खोलौँ
जुम्ला जिल्ला स्तरमा मध्यम खालका प्राङ्गारिक मलखाद कारखाना खोलौँ र तीनै तहका सरकारबाट स्थानीय कारखानाबाट उत्पादन भएको प्राङ्गारिक मल प्रयोग गर्न कृषकहरुलाई प्रेरित गर्न सकेको खण्डमा सहज हुने किषि बिकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनले भने, अनुदान दिँदा पनि स्थानीय कारखानाबाट उत्पादन भएको मलखाद प्रयोग गर्नेलाई अनुदान दिने मापदण्ड बनान आबश्यक छ । अनि मात्र दिगो र कामकाजी प्राङ्गारिक जिल्ला बनाउन सकिन्छ ।

यो गर्न सकिएन भने दुर्गम क्षेत्रमा घोषणा गरिएका प्राङ्गारिक जिल्ला नाममै सिमित हुने छन । उनले जुम्लालाई अगार्निक जिल्ला र रैथाने बालीको संरक्षण गर्नेका लागी सबै अभियानकै रुपमा लाग्नु पर्ने देखिन्छ । प्राङ्गारिक जिल्ला बनाउ सबै किसानको हातमा मेसिनरी सामान र हरेक कृषकसंग वर्षमा २–३ टन कम्पोष्ट मल तयार गर्ने गरि सोही बमोजिमका पुँजीगत निर्माणमा सहुलियत दिनु पर्ने आबश्यक छ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले भन्ििन अबका दिनमा यो वर्गले मात्र कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन सक्छ। तसर्थ, व्यवसायिक क्षेत्रहरुको पहिचान गरि समूचित मात्रामा रासायनिक मल र रासायनिक विषादी प्रयोग नगरी खेती गर्न प्रोत्साहन गर्ने खालका नीति तथा कार्यक्रम मात्रै भयर हुदैन । यसको दिगो ब्यवस्थापनको लागी पनी अनुसन्धान गर्न आबश्यक छ ।
प्राङ्गारिक मल र जैविक विषादी प्रयोग
प्रजिअ प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन भएको खण्डमा रासानियक बिसादीको प्रयोग न्युनिकरण गर्न सन्छि । उनले भनिन, खेतीपाती गर्ने महिलामात्रै भएकाले महिलाको श्रमको विकल्पको रुपमा रासायनिक विषादी प्रयोग गर्ने गरिएको पाइयो ।
तातोपानीमा विसादी प्रतिबन्द
अधिकांश कृषकहरुमा समस्या पहिचान नगरी विषादी प्रयोग गर्ने गरेको खवर सुनिरहदा जुम्लाको तातोपानी गाउपालिकाले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोगमा प्रतिबन्द लागाएको बताएको छ । तातोपानी गाउपालिले ब्युटाक्लोर प्रयोगले महिलाको स्वाथ्यमा असरपार्ने भन्दै यसको प्रयोग प्रतिबन्द गनएका लागी कार्यबिधि बताएको गाउपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए। उनले भने यसले पार्ने दिगकालिन असरको बारेमा प्रशिक्षण दिर्दै , कोही कसैले प्रयोग गरेको भेटिएको खण्डमा १ हजार जरीवाना तोकिएको छ । अध्यक्ष न्यौपाले भने,“रैथाने बालीको संरक्षण गर्न र बिसादी रहित उत्पादन बढाउन हामी एकीकृत तरिकाले लागेका छौ। अब जैबिव मल र जैविब बिसादीको तयर पार्न पालिका लागी गरेको छ ।

कर्णाली प्रदेश सरकारले प्रत्येक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि प्रबर्दन तथा रैथाने बाली संरक्षण दिवस मनाउदै आएको छ । जस अन्तरगत शुक्रबार सर्वोदय नेपालको समन्वय र किषि बकिास कर्यालयको आयोजनामा जुम्लामा पनी कृषिको आधार तयार गर्दै रैथानी बालीको संरक्षण गरौ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको छ । जुम्ला जिल्लालाई २०६४ सालबाट प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएकाले सबै लागेर उत्पादन बढाउ आबश्यक रहेको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने,“युवाहरुलाई कृषिमा यो तरिकाले आकर्षण गर्न सकेको खण्डमा जुम्ला आत्मा निर्भर हुने बताए ।

 

सम्बन्धित समाचार