शान्ति शिक्षा मन्दिर बिद्यालयको भवन हस्तान्तरण

जुम्ला ः काठमाडौंको मुटु ठंहिटीस्थित शान्ति शिक्षा मन्दिर माध्यामिक नयाँ भवन हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा र काठमाडौं महानगरपालिका वडा नं. १७ का अध्यक्ष नविन मानन्धरको सभापतित्वमा उक्त भवन हस्तान्तरण गरिएको हो । शान्ति शिक्षा मन्दिर मा.वि.को नयाँ भवन हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुदामप्रसाद गौतमले विद्यालयको विगत तथा वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए । उनले भने,“ यस अघि जिर्ण र भवन र टहरामा पठनपाठन गराउनु पर्ने बाध्यता थियो ।
भुकम्पको क्षेत्रिग्रसबाट गुज्रिरहेको यस विद्यालयलाई मारवाडि सेवा समिति, इजरायली दुतावास, संघीय साम्सद रामबिर मानन्धर ,प्रदेश साम्सद वसन्त मानन्धर ,ईस्वरलाल फाउन्डेशन ,शाल्ट ट्रेडिङ ,रोटरी ठमेल ,कामपा १७ वडा लगायत  धेरै संस्था तथा सहयोगी मन हरुकोसहयोग र केही मात्रमा भौतिक पूर्वाधारबाट संचालन हुँदै आइरहेको छ ।
यसले गर्दा विद्यार्थी संख्या पनि क्रमशः वृद्धि हुँदै गएको छ । उनले थपे हाल एशियाली विकास बैंकको सहयोगमा निर्मित यस विद्यालय नव निर्मित भवनबाट अभैm गुणस्तरीय तथा प्रभावकारी शिक्षा प्रदान गर्न सकिने छ । उनले यस विद्यालयलाई यो अवस्थासम्म पु¥याउने विद्यालयका संस्थापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्व. लक्ष्मीदास मानन्धरको अतुलनीय योगदान रहेको बताए । उनले उनी स्वगीर्य भएपनि सदैव विद्यलय परिवारले सम्झिरहने बताए ।
भवन हस्तान्तरण कार्यक्रममा इकाईका प्रमुख रामशरण सापकोटा, राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयका प्रमुख अर्जुन रायमाझी, समन्वय इकाई काठमाडौंका प्रमुख नन्दलाल पौडेल, कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदी, विद्यालयका संस्थापक प्रतिनिधि नारायणदास मानन्धर, इन्जिनीयर सागर पौडेल, कन्ट्याक्टर दिपेन्द्र खड्का, इन्जिनीयर केशव गिरी, इजरायली दुतावासका काठमाडौं प्रतिनिधी रेश्मा जोशी लगायतको रहभागीता रहेको थियो ।
शान्ति शिक्षा मन्दिर माध्यमिक बिद्यालय वि.सं. २००७ सालमा स्थापित विद्यालय भवन २०७२ सालको भुकम्पका कारण क्षती पुगेको थियो । सो भवन तत्काल एशियाली विकास बैंक तथा नेपाल सरकारको संयुक्त परियोजना अनुसार निर्माण भएको हो । २३ कोठे सो विद्यालय भवनमा कम्प्युटर ल्याब, पुस्तकालय, प्रार्थमिक उपचार कक्ष लगायतका सुविधाहरु संञ्चालन भइरहेको बिद्यालय स्रोतले जनाएको छ ।

त्यस्तै सोहि अवसरमा बोल्दै संस्थापक प्रतिनिधि नारायणदास मानन्धरले आफ्नो बुवा स्व. लक्ष्मीदास मानन्धरज्युले यस स्थानीय जनतालाई स्थानीय विद्यालयमा पठनपाठन गराउने उद्देश्यले विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मारण गराए ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री माननीय देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई सक्षम बनाउन शिक्षण सिकाई प्रक्रिया आबश्यक रहेको बताए । उनले विद्यार्थीहरुको भविष्यको लागि, विद्यालयका विभिन्न कार्यक्रमहरुलाई सवलिकरण गराउने कार्य चूनौती पुर्ण रहेको बताए । उनले,“गुणस्तर शिक्षा आजको आवश्यकता रहेकाले बिद्यालय स्तरबाट संञ्चालन हुने रहेक क्रियाकलाप प्रभावकारी बनाउन अनुरोध गरे । उनले भने,“यस अर्थमा सार्वजनिक विद्यालयहरु सक्षम छन्, योग्य छन् र राज्यले लगानी गरेका विद्यालयहरु गुणस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने कुराको प्रत्याभूति दिन सक्ने हुनुपर्ने छ ।
त्यस्तै महानगरपालिका वडा नं. १७ का अध्यक्ष नविन मानन्धरले यतिवेला बेलामा ‘टोलटोलमा विद्यालय, घरघरमा शिक्षा’ भन्ने नारा सहित स्थापना भएको बताउदै यस विद्यालय अहिले सुविधा सम्पन्न भवन निर्माण गरेकोमा खुसी व्यक्त गरे ।
उनले मानवजीवनमा सबैभन्दा ठूलो स्वास्थ्य र शिक्षा रहेको बताए । उनले भने, त्यस कारण सबैलाई उपयुक्त हुने सामुदायिक विद्यालयलाई सरोकारवाला निकायहरुले सहयोग तथा समन्वय गरी शिक्षाकोक्षेत्र सुधार गर्दै लिन आबश्यक छ । उनले त्यसको लागि भवन मात्र होइन त्यस विद्यालयका व्यवस्थापन समिति जागरुप हुन आबश्यक छ । उनले थपे शिक्षकहरुको लागि पनी गुणस्तर तालिम दिन जरुरी रहेको छ । सो विद्यालयमा अहिले शिशुु कक्षा देखि १२ कक्षासम्म पठनपाठन हुदै आएको छ ।