आगामी निर्वाचनलाई भयरहित बनाउन जुम्लामा अन्तरक्रिया


जुम्ला ः आगामी बैशाख महिनाको ३० गते हुने भनिएको स्थानीयतहको निर्वाचनलाई भयरहित बनाउनको लागि जुम्लाका सरोकारवाला बिच अन्तरक्रिया गरिएको छ ।जिल्ला निर्वाचन कार्यालय जुम्लालाईले फागुन ७ गते परेको ६ आ दिवसको अवसरमा अन्तरक्रिया कार्याक्रम राखीएको हो । े निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित बनाउनको लागि सुझाव संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जुम्लाले जनाएको छ ।
निर्वाचन दिवसको आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पुर्णप्रसाद धितालले प्रजातन्त्रको सुन्दर पक्ष निर्वाचन भएकोले स्वच्छ,शान्तिपुर्ण र मर्यादित रुपमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
निर्वाचनलाई निष्पक्ष,स्वच्छ र शान्तिपुर्ण बनाउन निर्वाचनको अलग्गै कानुन निर्माण हुनु पर्ने धारणा राखे । विभिन्न प्रलोभन भन्दा उचित काम देखाएर नागरिकमा चुनाव प्रचार शैली अपनाउनु पर्ने बताए । नेमकिपाका प्रतिनिधि राजेश्वर देबकोटाले निर्वाचन राज्यको निष्पक्ष पद्धति भएको बताए । निश्चित मापदण्डअनुसार निर्वाचन भएको खण्डमा धादली रहित हुने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष वेदवहादुर शाहीले मतदातालाई मतदाताशिक्षा दिनुपर्नेमा जोड दिए । यो वर्षको नारा ‘निर्वाचनमा सबै, सधैं सँगै’ भन्ने तय गरिएको छ । नेपालमा सर्वप्रथम वि.सं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको निर्वाचन अधिकारी महेश शर्माले बताए ।
अहिले पनि इलाका प्रशासन कार्यालय नराकोट र जिल्ला प्रशासन कार्यलय जुम्लामा नामावली संकलन भइरहेको छ । साउन ३ गतेबाट जुम्लाका सबै गाउँपालिकामा पुगेर नामावली संकलन गरिएको थियो । जुम्लामा कुल ६९ हजार ३ सय ३५ जना मतदाता छन् । ३६ हजार १ सय ९८ पुरुष र ३३ हजार १ सय ३७ महिला मतादाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

बाहिरी जिल्लाका २ सय २४ ले मतादाता नामावली भरेका छन । जसमा पुरुष तर्फ १ सय ३० तथा महिला तर्फ ९४ जना रहेका छन् । २०७४ साल भन्दा अहिले ६ हजार २ सय ७२ मतादाता थपिएका छन । महिला ३ हजार ४० र ३ हजार २ सय ३१ पुरुष थपिएका हुन ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताइन । अहिले जुम्लामा ३ वटा मतदान स्थल थपिएको छ । दुईवटा कनकासुन्दरी एक वटा गुठिचौर गाउँपालिकामा थपिएको उनी बताउँछिन् । जुम्लामा ७९ वटा मतदानस्थल रहेका छन । सबै मतदान स्थलगत अवलोकन गरेर गृहमन्त्रालयमा पत्राचार समेत भइसकेको उनले बताइन् ।