हिमपातमा प्रशासनको न्यानो कार्यक्रम

जुम्ला ः जुम्लामा यस बर्ष पहिलो पटक हिमपात भएको छ । जुम्लामा करिब आधा फिट जति हिउँ जमेको छ । हिमपात जारी छ । हिमपातका कारण चिसो बढेपछि बढिरहेको छ ।
चिसो बाट नागरिकलाई जोगाउन जिल्ला प्रशासनले न्योनो कार्यक्रम गरेको छ । न्योकार्यक्र अन्तरगत्त स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोक चोकमा दाउरा राखेर आगो वालेको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार हिमपातले अहिले सम्म कतै असर नपुरयाएको छैन ।

न्योनोका लागी जिल्ला वन कार्यालय, चन्दननाथ नगरपालिकाको समन्वयमा दाउरा व्यवस्थापन गरिएको हो । शशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार हिमपातमा दाउरा राखर आगो बाल्ने कार्यले केही सहज भएको छ । उनले भने जुम्ला सदरमुकाममा आधा फिट र अग्लो स्थानमा एक फिट हिउँ जमेको छ । उनले भने, हिमपात भएपछि पत्रकार महासंघ अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन , कोलखोली, बिमानस्थल लगायतका स्थानमा दाउरा वितरण गरि आगो वालेर न्यानो गर्ने काम भएको छ ।

यसैगरी जिल्लाभर हिमपातको अवस्था बिषयमा सूचना संकलन भईरहेको छ । हिमपातले सड्क तथा हवाई यातायात प्रभावित भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अत्यावश्यक सवारी साधन वाहेक अन्य साधनहरु नचलाउन समेत सूचना प्रवाह गरिरहेको बताईएको छ ।

यस बर्ष समयमै हिमपात भएकाले किसानका लागी हिउदे बालि सप्रने भएको कृषि कार्यलय जुम्लाले बताएको छ ।यसपटकको हिमपातले कृषि वालिमा लाभ हुने छ । हिउँले हिउँदेवालीलाई समेत फाईदा पुरयाउने किसानहरु बताउछन् । स्थानीय किसान शुलोचना हितानका अनुसार हिउँले सिचाइको काम गर्ने भएकाले हिउदे बालिमात्रै नभइ स्याउको बिरुवा रोप्न समेत राम्रो हुने भएको छ।  हिमपातले किसान बढि खुशी समेत भएका छन् ।
हिमपातले नागरिकको जनजीवन भने प्रभावित भएको छ ।

लगातार हिमपातका कारण चिसो बढेपछि मानिसहरु, पशुचौपाया सवै भरभित्र बस्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जुम्लाको तापक्रम अधिकतम माईनस न्यूनतम माईनस ०.६ र अधिकतम ७.० रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका कर्मचारी जमुना हमालले बताए । लामो समयपछि हिउँ परेपछि हिउँमा रमाउने पनि उत्तिकै रहेका छन् । हिमपातले किसान बढि खुशी समेत भएका छन् ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुदा झोलिलो खानेकुरा खना आत्याआबश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी बिजया प्रसाइले अनुरोध गर्नु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्ष नरेन्द्र धरालाले असाय,वेवारीसे , न्यानोकपडा अभाव भएका ब्यक्ति भेटिएको खण्डमा जिल्ला प्रहरी तथा प्रशासन कर्यालयालार्य खवर गर्न अनुरोध गर्नु भएको छ । त्यस्तै हिमपातले कुनै खालको बिपद जन्य घटना घटेको तत्काल नजिकैको प्रहरी चौकीमा खवर गर्न भनिएको छ ।