जुम्लामा तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न, जुम्लाकी निशा बुढा श्चिमका कमल खड्का उत्कृष्टखेलाडी घोषित
जुम्ला :कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जुम्लाकी निशा बुढा उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् भने पुरुषतर्फ रुकुम पश्चिमका कमल खड्का उत्कृष्ट खेलाडी बनेका छन्।
आगामी मंसिर १६ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगितामा सहभागी आठ जिल्लाका खेलाडीमध्ये विभिन्न तौल समूहबाट खेलाडी छनोट गरिएको हो।
छनोट भएका खेलाडीहरूको नामावली
पुरुषतर्फ
१. ५४ केजी — लालबहादुर परियार (रुकुम पश्चिम)
२. ५८ केजी — कमल खड्का
३. ६३ केजी — विराज बम (कालिकोट)
४. ६८ केजी — जीवन सार्की (सुर्खेत)
५. ७४ केजी — योगेन्द्र शाह (सल्यान)
६. ८० केजी — लिलाधर नेपाली (सल्यान)
७. ८७ केजी — खडान बिक (रुकुम पश्चिम)
८. ८७ केजीभन्दा माथि — नरेन्द्र रावत (जुम्ला)
९. एकल पुम्से — रमेश गुरुङ (रुकुम पश्चिम)
महिलातर्फ
१. ४६ केजी — निशा बुढा (जुम्ला)
२. ४९ केजी — दिप्ती नेपाली (सुर्खेत)
३. ५३ केजी — सरला खत्री (जुम्ला)
४. ५७ केजी — देविसरा सुनार (सुर्खेत)
५. ६२ केजी — ज्ञानीता कुलाल (जुम्ला)
६. ६७ केजी — विनिका बस्नेत (सुर्खेत)
७. ७३ केजी — पूजा गाहा (सुर्खेत)
८. ७३ केजीभन्दा माथि — मोनिका दर्लामी (सुर्खेत)
९. एकल पुम्से — पूजा खत्री (सुर्खेत)
त्यस्तै प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले छनोट भएका खेलाडीहरूलाई बधाई दिँदै उत्कृष्ट प्रदर्शनमार्फत आफ्नो प्रदेशलाई अब्बल बनाउन शुभकामना व्यक्त गरे।
उनले खेलाडीहरूले आवश्यक व्यवस्थापनको अभावमा भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको बताउँदै खेलाडीको व्यवस्थापन र प्रशिक्षणमा ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिए।
त्यस्तै, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले प्रतियोगितामा सहभागी आठवटै जिल्लाका खेलाडीलाई बधाई दिँदै छनोट भएका खेलाडीलाई प्रदेश सरकारले सञ्चालन गर्ने नियमित प्रशिक्षणमा सहभागी हुन आग्रह गरे।उनले कर्णाली प्रदेशको प्रतिष्ठा जोगाउने गरी अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्नसमेत खेलाडीहरूलाई आग्रह गरे।
खेलाडीको प्रतिभा पहिचान र विकासका लागि नियमित प्रशिक्षण, उचित व्यवस्थापन तथा आवश्यक खेल सामग्रीको व्यवस्था गर्न सके कर्णाली प्रदेशले राष्ट्रियस्तरमा समेत राम्रो नतिजा हासिल गर्न सक्ने अपेक्षा गरिएको छ।








