मोर्डना खोप प्रभावकारी बनाउन स्थलगत अनुगमन


जुम्ला ः बालबालिकालाई लगाइने मेर्डना खोप प्रभावकारी बनाउन अनुगमन गरिएको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि १२ वर्ष देखि १८ वर्ष मुनीका बालबालिकालाई लागाउदै आएको मेडना खोपको स्थालगत अनुगमान गरिएको हो। जुम्लाका १२ वर्ष देखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइदै छ ।

चिसोका कारण सामुदायिक बिद्यालय बन्द भएपनि खोपका लागी बिद्यालय स्तरमै खोप सेन्टर तोकिएको छ सबै बाललिकालाई अनिवार्य आगामी पुस २४ गते सम्म मोर्डना खोप लगाइसक्नु पर्ने भएकाले खोपकार्यक्रम प्रभावकारीब नाउनकै लागी स्वास्थ्यका लागी सक्षम प्रणालीको प्रविधिक सहयोगमा सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको हो ।

स्वास्थ्यका लागी सक्षम प्रणालीले बालबालिका जोगाउनका लागी सरकारले सुरु गरेको मेर्डना खोप सबैलाई लगाउन अनुरोध गरको अनुपम रायले बताए । उनका अनुसारजुम्लाको हिमागाउँपालि ६ पाथरखोलामा रहेको भानु माबिमा अध्यायनत बालबालिकालाई मोडर्ना खोप लगाए नलगाएको बारेमा अनुगमन गरिएको हो । जुम्लामा मेर्डना खोप लक्ष्यभन्दा राम्रो भएको पाइएको डाक्टर संयम महतले बताए । जुम्लाका बिद्यालय बन्द भएकाले बालबालिका जहाँ भेटिए त्यही ठाउम खोप लगाउने कार्य गरिएको छ ।

प्रत्येक गाउँपालिकाका स्वास्थ्य संयोजक सबै वडाका जनप्रतिनिधिसंग समन्वय गरेर खोप कार्यक्रम संञ्चालन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकरी तथा जिल्ला कोभिड खोप कार्यक्रम तथा अनुगमन समितिका संयोजक विजयाकुमारी प्रसाईले बताइन । उनले भनिन,जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने भएकाले अनुगमन तथा समन्वयको पाटो अगाडी बढाइएको हो ।

उनले भनिन् निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाइ खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढेका हाँै ।

सरकारले जुम्लाको लागी करिब १३ हजार मोर्डना खोप पठाएको जिल्ला जनस्वास्थ्य सेवा कार्यलयका प्रमुख कृष्ण सावकोटाले बताए । आगामी पुस २४ गते सम्म अनिवार्य रुपमा खोप लगाएर सकाउने पर्ने भएकोले सबै बालबालिकलाइ खोपको पहुँचमा ल्याउनका लागी सबैलाई सहयोग गर्न अनुरोध गरिएको छ ।
जुम्लामा मोर्डना खोप लगाउने राष्ट्यि लक्ष्य १३ हजार बालबालिकाको भएपनि जुम्लाका १ सय ७० वटा सरकारी विद्यालय,नीजि विद्यालयका गरी करिब २० हजारको संख्या आएको छ । संख्यालाई अध्यायन गर्दा विद्यालयहरुले सबै उमेर समुहका विद्यार्थी पठाएको बुझिएको छ । यपदी १२ वर्षदेखि माथि र १८ वर्ष मुनिकालाई मात्र खोप लगाउँदा २० हजारबाट संख्या घट्ने देखिन्छ ।

सम्बन्धित समाचार