काठमाडौँमा सुर्खेती महिलामाथि सामुहिक बलात्कार
काठमाडौं: काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार ३४ वर्षकी ती पीडितलाई नौ जना युवाहरुले १२ पुसको राति आठ बजेदेखि १३ पुसको बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर नौ जना युवाले बलात्कार गरेका थिए।
पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उपचारपछि ती महिलाले बसपार्कमा आफूमाथि सामूहिक बलात्कार भएको र ९-१० व्यक्ति रहेको मात्रै बताउन सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
‘पक्राउ परेका ८ जनाले पनि बलात्कार गरेको स्वीकार गरेका छन् अन्य २ जना पनि भएको तथ्य फेला परेको हामी खोजिरहेका छौं।
प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु मुगुका रहेको प्रहरीले जनाएको छ ।








