जुम्लामा ज्येष्ठ नागरिक दिवस ः दुई जना जेष्ठ नागरिकलाई सम्मान
जुम्ला ः ज्येष्ठ नागरिक दिवसको अवसरमा जुम्लाका दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।सभ्य नागरिकको पहिचान ,जेष्ठ नागरिकको सम्मान भन्ने मुलनाराका साथ सुरु भएको प्रथम दिवसको अवसरमा जुम्लाका सबै भन्दा बढी उमेरका जेष्ठनागरिकलाई सम्मान गरिएको हो ।
सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको जेष्ठ नागरिक संघका आजिवन सदस्य सर्पानन्द हमालले बताए । उनले भने जेष्ठ नागरिक समाजको अग्रज मात्रै नभइ मार्गदर्शक व्यक्तित्व, भएको बताए ।
जेष्ठ नागरिकलाई प्रेरणाको स्रोत र गौरवको प्रतीक ज्येष्ठ नागरिक भएको भएकाले सबैले सम्मान गर्न आबश्यक रहेको छ ।जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नुसबैको कर्तव्य भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन । उनले भनिन उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउनु जस्ता कुरा सरकारले प्रथामिकतामा राखेको छ । उनले भनिन, जेष्ठनागरिकले आफ्नो अधिकारको माग संगसंगै आफु संग भएको सिप, ज्ञान नयाँ पूस्तालाई हस्तानतरण गर्न जरुरी छ ।
त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बढ्थापाले सरकारले दिर्दै आएको सामाजिक सुरक्षाका कार्यक्रम निरणतररुपमा उपलब्ध गराउने प्रतिबद्ध गरे । उनले भने सरकारले मात्रै जेष्ठ नागरिकलाइे सम्मान गरेर हुदैन ।सबै भन्दा पहिला सम्मान घरपरिवारबाट भएयो कि भएन भनेर सोचन गरुरी छ ।जेष्ठ नागरिकको सम्मान छोरा छोरी ,नाती,नातीनाले पनी गर्न जरुरी छ ।








