को हुन बुढ्थापा वर्षौ देखी थन्कीएको फोहोर व्यवस्थापनमा सक्रिय रुपमा लागे


जुम्ला ः जुम्लाको सहरी क्षेत्रमा फोहोर व्यवस्थापन एक चुनौती हो। फोहोर व्यवास्थापन वर्षौंदेखि अव्यवस्थित बन्दै आइरहेको छ। कला, संस्कृति र सम्पदाले भरिपूर्ण जुम्ला फोहोर सहरको रुपमा आफ्नो परिचय बनाएको पनि वर्षौं भइसकेको थियो ।
सदरमुकाम खलंगा बजार क्षेत्रमा जनघनत्व बढेसँगै दिन प्रतिदिन फोहोर पनि बढ्दै गएको हो ।बजार क्षेत्रमा जथाभावी फोहोर फालिदिने गलत संस्कारले सदरमुकाम दुर्गन्धित बन्दै गएको लामो समय भइसकेको थियो । यसअघि जुम्ला बजारको फोहोर उठाउन कि त कुनै दिवस आउनु पर्थो । कि त जुम्लामा भिआइपीआउनु प्रथ्यो । अनी मात्रै सेना प्रहरीले बजार सफा गर्थे ।
नगरपालिका आउने जनप्रतिनिधि देखि प्रमुख प्रशासकिय अधिकृतको पहिलो प्रथामिकता जुम्ला बजारको फोहार ब्यवथापन हुन्थियो । तर उनीहरु सबैले प्रतिबद्धता गरे पनी सुन्दर र स्वस्थ नगर बनाउन सकेनन ।
वर्षौदेखि डम्पीङसाइडको व्यवस्थापन नगरपालिकाले गर्न नसकेका कारण नगर दुर्गन्दीत बन्दै गएको थियो । जुम्ला बजार मात्रै होइन । बजारको छेउमै बग्ने जुगाडखोला समेत फोहोरले गन्हाउने भएको छ ।

पछिल्लो समयमा चन्दननाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका क्षेत्र बहादुर बुढ्थापाले एक हप्तामै बजारको मुहार फेरीदिएका छन । उनले यो जिम्मेवारी पाएको धेरै समय भएको छैनन् । छोटो समयमै अस्थायी डम्पीङसाइडकोे ब्यवस्थापन गरी बजार सफासुगर बनाउन थालेका छन ।

बुढ्थापा बिहना उठ्ने बितिकै नगरकार कर्मचारी लिएर बजारको फोहोर उठाउ जन्छन । यसले गर्दा बर्सौ देखि दुर्गन्धीत बनेको नगरले फोहोरबाट मुक्ती पाउन थालेको छ । क्षेत्र बहादुर बुढ्थापाले भन्छन ,’ हाम्रो पहिलो प्रथामिकता बजारको फोहोर ब्यवस्थापन हो ।

त्यस पछि जुगाड खोला पनी फोहोरले गन्हाउने भएको छ। अहिले मुख छोपेर हिड्ने अवस्था छ।’हामी त्यसलाई पनि बेलैमा सरसफाई गर्न तर्फ लाग्ने छौ । उनले भने ,‘हामी पहिलो चरणमा फोहोर उठाउछौ , त्यस अनुसार नगरले ब्यापारिबाट फोहोर शुल्क पनी लिन्छौ । त्यस पछि हरेक घर तथा पसलबाट बाट निस्कने फोहोर कुइने र नकुइने छुट्टाछुट्टै राख्न लागउछौ । यदि अटेरी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने अबस्था पनी आउछ सक्छ ।
बुढ्थापाले बढ्दै गएको सहरीकरणले फोहोरमैला व्यवस्थापन गर्न असहज हुने भएकाले दीर्गकालिन योजना बनाएर अघिबढ्न थालेको बताए । उनले भने ,‘प्लास्टीकको अत्यधिक प्रयोगसँगै छाडा पर्चा पम्प्लेटले सार्वजनिक स्थानमा फोहोर बढेको छ ।
नगरपालिकाले थालेको यो अभियानमा सिबियाम नेपालले पनी साथ दिने बताएको छ । जबसम्म मानिसको सोच, काम गर्ने शैली, व्यवहारमा परिवर्तन हुँदैन तबसम्म फोहोर बढ्दै जान्ने सिबियाम नेपालका कार्यक्रम संयोजक नन्दलाल धरालाले बताए । उनले फोहोर ब्यवस्थापन ऐन नगरपालिकाले निर्माण गर्न आबश्यक रहेको बताए । त्यसकै आधारमा सदरमुकामको फोहोर पुरै व्यवस्थापन गर्न सक्छि

जुम्ला बजार सरसफाइका लागी सबैले आ–आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। व्यवसायीले व्यवसायबाट उत्पादित फोहोर सार्वजनिक ठाउँ तथा सडकको पेटीमै फाल्छन्। बजारमा किनबेचका लागी आउनेले जताततै दिशा पिसाप गर्ने, सडकमै फोहोर फालिदिनाले पनि फोहोर बढेको हो।
त्यस्तै सदरमुकाम भित्र रहेका घरबाट मासिक १ सय, व्यवसायिबाट मासिक ३ सय र ठुला उद्योग तथा होटलबाट मासिक १ हजार रुपैयाँ फोहोर शुल्क उठाउन थालिएको छ । चन्दननाथ नगरपालिकाको राजश्व परामर्श समितिको बैठक तथा नगरसभाको निर्णय अनुसार व्यवसायिबाट शुल्क उठान सुरु गरिएको हो ।

चन्दननाथ नगरपालिका जुम्लाका फोहोर मैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बजारको फोहोर नियमित रुपमा उठाउने गरिएको बताए । फोहोर व्यवस्थापनलाई सहज बनाउन व्यवसायिबाट शुल्क उठाइएको छ । उनले भने ,छलफलपछि सहभागीले नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले थपे ,घर, कार्यालय, अस्पताल आदिबाट निस्कने फोहोर मध्ये कुहिने तथा पुनः प्रयोगमा ल्याउन सकिने नकुहिने फोहोर छुट्याएर बाँकी फोहोरमात्र व्यवस्थापन गर्न तर्फ लाग्ने न्यौपानेले बताए ।
यसले गर्दा निर्माणाधीन ल्याण्डफिल्ड साइटको उच्चतम प्रयोग गर्न सकिन्छ भन्ने हो। जुम्लाले कुहिने फोहोर व्यवस्थापनको एउटा राम्रो विकल्प गर्न आबश्यक छ ।