ज्येष्ठ नागरिक दिवस ः धुम्रपान निषेधित घोष्णा

जुम्ला ः धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाइ आजभोली हरेक व्यक्तिलाई थाहा भएको सामान्य कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि नेपाल सहित विश्वभर कुनै न कुनै बहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् । तर जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेत घोष्णा गरेका छन ।

सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस जुम्लामा पनी भब्यताका साथ मनाइएको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ । जुम्लाका जेष्ठ नागरिकले प्रथम दिवसको धुम्रपान निषेत क्षेत्र घोष्णा गरेका हुन ।

उनीहरुले आजकै दिनबाट पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको बताएका छन । धुम महिला, पुरुष, धनी, गरिव, बालबालिका, किशोर किशोरीरु, युवायुवती, बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुल्ला रुपमा नै किन नहोस् चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थ सेवन गरिरहेको पाइन्छ ।

कतिपयाले साथीभाइको करले, कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले र कोहीले हर्ष बढाइँ वहानामा सुर्तीजन्य पदार्थ सेवन गरिरहेका कारण धेरैको स्वास्थ्यमा समस्या भएको भन्दै जुम्लाका जेष्ठनागरिकले आफ्नो क्षेत्रलाई धुम्रपान निषेत क्षेत्र घोष्णा गरिएको सचिव तुलाराम न्यौपानेले बताए । उनले भने हाम्रो उद्देश्य भएको जेष्ठनागरिक सबैको घरघरमा धुम्रपान निषेत होस भन्ने हो । तर धेरै जेष्ठ नागरिक आफै पनी धुम्रपान सेवन गर्ने भएकाले यस्तो कार्यको थालनी गरिएको हो ।