जुम्लाका २ सय ४९ जना अपांगता भएका व्यक्तिलाई राहात

जुम्ला ः जुम्लामा अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका २ सय ४९ जना अपाङ्गता भएका व्यक्ति र बिपन्न नागरिकलाई गरी ५सय ५५ जनालाई राहात बितरण गरिएको छ । कोरोना प्रभाबित विपिन्न नागरिक र अपांगता भएका व्यक्तिको दैनिकीमा सहजता ल्याउनका लागी राहत बितरण गरिएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ गाउँपालिकाका ५सय ५५ लाई राहात वितरण कार्यक्रम गरिएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले बताएको छ । कोरोना भाईरसबाट प्रभावित परिवारको सहायता कार्यक्रम अन्तरगत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए ।
उनले भने सिवि एम नेपालको सहयोगमा आई एन एफ नेपाल जुम्लाले चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकामा वितरण गरेको हो । परियोजना संयोजक स्थानीय सरकारको सहयोगमा दुई चरणमा वितरण गरिएको छ ।
जसमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्रीहरु वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बिपन्नमा अपांगता भएका व्यक्तिहरु बढिनै हुने भएकाले राहात वितरणमा अपांगता व्यक्तिहरु बढि परेका छन् ।

राहात वितरणमा टुहुरा वालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहात वितरण गरिएको छ । कोरोनाका कारण आम्दानी गुमाएका तथा विपन्न नागरिकलाई तेस्रो चरणको सहयोग कार्यक्रमको दोस्रो चरणको राहात वितराण् कार्यक्रम समेत तयारी भईरहेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा ति विपन्न व्यक्तिहरुलाई राहात कार्ड समेत बितरण गरिएको छ ।

उनिहरुले सो कार्डको आधारमा तेस्रो चरणको रहात पाउनेछन् ।कोरोनाले लामो समय ग्रसित बनाएपछि आम्दानी विहिन परिवारलाई करिब ६ महिना खाद्यन्न पुग्ने अनुमान गरिएको छ । कोरोनाको समयमा सिविएम नेपालको सहयोगमा आईएन एफ नेपाललाई राहात वितरण, राष्ट्रिय अपांग महासंघ नेपालको सचेतना तथा सिएमसि नेपालले मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई तनाव व्यवस्थापन सम्वन्धी तालिम दिदै आएको राष्ट्रिय अपांग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले बताए ।

चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख अप्सरा देवी न्यौपानेले संकटको समयमा आर्थिक अवस्था कमजोर भएका घरपरिवारका व्यक्तिलाई ठूलो राहतको प्याकेजको सहयोग गर्ने निकायलाई आभार ब्यक्त गरेकी छन । उनले आगामी दिनमा यस्ता प्रकारका कार्यक्रम निरन्तता हुन आवश्यक भएको बताइन । राहात प्याकेज कार्यक्रमका लागि चन्दननाथ र कनकासुन्दरीमा १० जना बढि व्यक्तिहरुलाई ६ महिनाका लागि स्वंसेवक परिचालन गरिएको थियो ।