स्याउबाट आम्दानी गर्न सिक्दै किसान
जुम्ला ः जुम्ला जिल्ला आफैमा प्राकृतिक स्रोेत साधनले भरिपूर्ण जिल्ला हो । जुम्लामा विकासका सम्भावना पनि धेरै छन् । अबसर तथा लगानीको अभावमा कर्णालीका सम्भावनाहरु अझै पनि ओजेलमा परेको अबस्था छ । तर पछिल्लो समय सडक सञ्जाल जोडिएसंगै जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर बन्दै गएको पाइन्छ । जुम्लाको अर्गानिक स्याउ एक भएपनि यसका फाइदा र परिकार अनेक छन् । जुम्लामा उत्पादन बढाइ किसानको मनग्य आम्दानी बढाउनका लागी (स्याउका चाना) जाम ,जेली ,जुस बनाउन किसानलाइ सिकाइदै छ ।
जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा पनी स्याउका परिकार बढी रुचाउने गरेको भन्दै खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले स्याउ किसानलाई ३ दिने स्याउ प्रसोधन तालिम दिइएको छ ।
स्याउ सिजन अफ भइसकेपछि परिकारको व्यापार फस्टाउँने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले ३ दिने तालिम दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका कार्यालय प्रमुख तथा खाद्यअनुसन्धान अधिकृत डाक्टर इश्वर सुवेदीले बताए । उनले भने समयको विकास हुदै गएपछि जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिनसक्ने छन । उनले भने स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसानलाई व्यस्त बनाउन आबश्यक छ ।
जुम्लामा अत्यधिक मात्रामा स्याउ उत्पादन हुने भएकाले स्याउको परिकार बनाउन किसान उत्साहित भएका छन । सरकारी तथा गैरसरकारी निकायबाट किसानले स्याउका परिकार बनाउने सीप सिकेपछि किसानहरू स्याउका चाना तथा विभिन्न प्रकारका परिकार बनाउन जुटेका हुन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाले दिइएका तालिम नतिजा मुखी हुन पर्ने बताइन । उनले किसानलाई तालिम भर्तामुखी नभएर ब्यवाहारमा लागु गर्न आग्रह गरिन । उनले भनिन ,“ सबै जनाले आफुले सिकेका सिप सबैलाई सिकाउन आबश्यक रहेको छ । उनले थपिन, अबको किसान आत्मानिर्भर हुन पर्छ । किसान आत्मा निर्भर नभएको खण्डमा जुम्ला आत्मा निर्भर हुन सक्दैन ।
तालिममा सहभागी स्याउ किसान पनि तालिम लिएर स्याउका परिकार बनाएर बिक्री गर्न प्रतिबद्धता जनाएका छन । जुम्लाकास्याउका किसानलाई स्याउका दाना बेचेर मात्रै नभइ स्याउका परिकारबाट अम्दानी सक्ने बनाउनका लागी यस्ता खालका तालिम दिइएको प्राविधिक साहयक भरत बहादुर रोकायाले बताए ।









