कानुन मन्त्रीमा सिफारिस गरिएका चन्द्र शाहीले कृषि मन्त्रीको शपथ खाए
सुर्खेत :यसअघिसम्म कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीका लागि सिफारिस गरिएका (एकीकृत समाजवादी) दलका नेता चन्द्रबहादुर शाहीले भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शाही नेपालको संविधानको धारा २६८ को उपधारा ९ बमोजिम मन्त्रीमा नियुक्त भएका हुन्। यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको दाबी गरेको थियो । तर, नवनियुक्त मन्त्री शाहीले आफुलाई कृषि मन्त्री ‘कम्फर्टेबल’ लागेको भन्दै कानुनमन्त्रीमा शपथ खान नमानेपछि शाहीले कृषि मन्त्रीकाे शपथ लिएका हुन् । उक्त भागबन्डा नमिलेपछि तोकिएको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम साढे १घण्टा ढिलाे भएको छ ।








