नबिल बैंक र गाउँपालिकाले ग¥यो समझदारी पत्रमा हस्ताक्षर
जुम्ला ः स्वरोजगार प्रबद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउनका लागी जुम्लाको तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ । युवा उद्यमशिलता मार्फत पालिकाका न्युनआए भएका युवालाई आत्मनिर्भर बनाउनका त्रिपक्षीय समझदारी भएको हो ।
गाउँपालिका अध्यक्ष रतननाथ योगीले भने ,समझदारीले कर्णाली प्रदेश,जुम्लाको तिला गाउँपालिकाका स्थानीय युवाहरूलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरिने छ ।जसले गर्दा उनीहरूलाई उद्योमी बन्नका लागि सक्षम बनाउने छ । उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याउन सहयोग पुर्ने छ ।
राष्ट्रिय युवा परिषद्को तर्फबाट प्रशासकीय प्रमख डा.बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाकातर्फबाट अध्यक्ष रतननाथ योगी र नबिल बैंकको तर्फबाट दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेको तिलागाउँपालिकाले जनाएको छ ।








