देउवा पक्षको अधिवेशनबाट जुम्ला कांग्रेसको जिल्ला सभापतिमा नेत्रकला शाही चयन

जुम्ला। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत जुम्लामा यसअघि गगन थापा पक्षले अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा देउवा पक्षले पनि जिल्ला तथा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ को अधिवेशन सम्पन्न गरेको छ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति धनलाल हमालको प्रमुख आतिथ्यतामा सम्पन्न देउवा पक्षको अधिवेशनबाट जिल्ला सभापतिमा नेत्रकला शाही चयन भएकी छन्।

अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापतिमा राजबहादुर शाही र डिलबहादुर रोकाय तथा सचिवमा गोकर्ण हमाल चयन भएका छन्।

त्यसैगरी, प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा मनप्रसाद देवकोटा र प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा उपराज अधिकारी चयन भएका छन्।

अधिवेशनमा सहभागी नेताहरूले जुम्लामा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने र कार्यकर्ताबीच एकता कायम गर्दै अघि बढ्ने बताएका छन्। उनीहरूले जुम्लामा पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै जनताका सवालमा केन्द्रित हुने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

देउवा पक्षको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै जुम्लामा नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत दुवै पक्षका गतिविधि चर्चामा आएका छन्।उनिहरुका अनुसार काँग्रेसका धन देवि पक्षको यस अघि अधिवेशन भएको र चुन देवि पक्षका काँग्रेसले शुक्रबार महाधिवेशन गरेको चर्चा गरेका छन ।

सम्बन्धित समाचार