मुगुमा एसियन लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई २ लाख ६ हजार रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी

मुगु:एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको मृत्यु भएपछि उनका परिवारलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–४, भामवाडाका टेकबहादुर भामले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एसियन सावधिक जीवन बीमा गराएका थिए। उनको प्राकृतिक मृत्यु भएपछि बीमा दाबीबापतको २ लाख ६ हजार ४ सय ८५ रुपैयाँ उनकी श्रीमती हासा देवी भामलाई प्रदान गरिएको कम्पनीको मुगु शाखाका प्रमुख मुकेश शाहीले जानकारी दिएका छन्।

मृतक टेकबहादुर भामको ९० दिने पुण्यतिथिको अवसरमा छायानाथ रारा नगरपालिका–४, भामवाडामै पुगेर पण्डित लक्ष्मीप्रसाद प्याखुरेलले बीमाको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बीमा अभिकर्ता दिनेश विष्टले जीवन बीमाको महत्त्व, आवश्यकता तथा यसले परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न पुर्‍याउने योगदानबारे जानकारी गराउँदै बीमासम्बन्धी जनचेतना फैलाएका थिए।

जीवन बीमाले व्यक्तिको जीवनमा आइपर्ने जोखिमका बेला परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षामा समेत सहयोग पुर्‍याउने भएकाले सबैलाई बीमाको पहुँचमा जोडिन अभिकर्ता विष्टले आग्रह गरेका छन्।

‘कुरा सबैका सुनौँ, बीमा भने एसियन लाइफमै गरौँ’ भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित समाचार