जनमैत्री सिडियोको १३ महिने कार्यकाल ः जेष्ठ नागरिकलाई न्यानो बितरण देखी सडक मानवको उद्धार सम्म

जुम्ला ः प्रशासक भन्ने बितिकै सबैको ध्यान शान्ति सुरक्षा दिनेहो भन्ने बुझीन्छ । यो बुझाई नागरिकको दृष्टिकोर्णबाट हेर्ने हो भने सहि पनि हो । किनकी यस अघि आएका प्रमुख जिल्ला अधिकारीले आफ्नो प्रशासकको मात्रै जिम्मेवारी निर्बाहा गरेर जान्थे । नागरिकले हाम्रो जुम्लामा प्रजिअ को छ भनेर नाम सुन्न रेडियो , अनलाईन र पत्रपत्रिका कुर्नु पर्ने अबस्था थियो । पहिले सिडिओ भेट्न सर्वसाधारण नागरिकका लागि सहज थिएन । नेताको साथ लिएर सुरक्षा घेरामा रहेको सुरक्षाकर्मीको अनुमति लिएर मात्र सिडिओ भेट्न सकिन्थ्यो । जसका कारण सर्वसाधारण नागरिकले आफ्नो पिरमर्कामा सहजै रुपमा सिडिओलाई भन्न सकिने अवस्था थिएन । तर अहिले सिधैँ सिडिओलाई भेटेर आफ्ना समस्या राख्न सक्ने वातावरण सिर्जना भएको छ ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जुम्ला आउने वित्तिकै बार्षिक कार्ययोजना बनाएर कार्यन्वयन गरेपछि सिडिओ र नागरिकबीचको सम्बन्ध सुमधुर बनेको हो । प्रशासनिक काममा लागि आएका सर्वसाधारण सहजै रुपमा सिडिओको कार्यकक्षमा पुगेर गुनासो राख्न सक्ने भएका छन । उनले कार्ययोजना अनुसार काम गर्न थालेपछि प्रशासनिक काम गर्न निकै सहज बन्यो ।

नागरिकले असल सिडियो पाएको गर्ब गरे ।नागरिकले सहजै रुपमा सिडिओ संग भेटेर पिरमर्का राख्न सक्ने भए । उनीले प्रजिअको कार्यभार समाल्दै गर्दा कोरोनाको कहर थियो ।यो बीचमा उनले कोरोना रोकथाम तथा नियन्त्रण देखि सुशासन र शान्ति सुरक्षा कायम गर्न निकै सक्रियता देखाए । त्यसको सफलता हो पहिलो पटक कोरोना संक्रमित भएर जुम्लाका कुनै पनि नागरिकले ज्यान गुमाएनन । उनले हिउदको चिसोबाट बचाउन न्युन आएस्रोत भएका जेष्ठ नागरिक र सडकमा रात बिताउने सडक मानवका लागी भन्दै न्यानो बितरण अभियान चलाए । उनले चलाएको न्यानो अभियानमा कम्बल , ज्याकेट बितरण गरिएको थिए । उनी न्यानो कार्यक्रम लिएर हिउदको कठ्ङरिदो जाडोमा जुम्ला जिल्ला भरीको बस्ती बस्तीमा पुगे ।

प्रजिअ थापाले गरेका समाजिक कार्यले जुम्ली नागरिकले साँचिकै राज्य घर अगानमै पुगेको महशुस गरेका थिए । त्यस लगतै प्रजिअ थापालेसडक मानवको व्यवस्थापन गरे ।स्थानीयतह र सरकारी तथा गैरसरकारी निकाय संग सहकार्य गरेर सडक मानवलाई व्यवस्थापन गरेका थिए । उनले राजमार्ग सुरक्षा योजना,मनसुन जन्य प्रकोप प्रतिकार्य योजना बनाए । जसले प्रकोप तथा विपदमा शिघ्र उद्धार तथा राहत प्रदान गर्न सहयोग पुर्याएको थियो । प्रजिअ थापाको कार्यकालमा जिल्लाको सुशासन कायम गर्न जिल्ला प्रशासन सुधार योजना बनेको छ । प्रशासन सुधार योजना ९५ प्रतिशत कार्यन्वयन भइसेकेका प्रमुख जिल्ला अधिकारी थापाले बताए । कोरोनाको दोस्रो लहरमा पनि प्रमुख जिल्ला अधिकारी थापा कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी लिएर हरेक स्थानीय तहका आइसोलेसनमा पुगे । उनले आइसोलेसन र कोभिड अस्पतालको व्यवस्थापनका बारेमा चासो राखे । स्थानीय तह संगको समन्वय बढाए ।

प्रजिअ थापा जुम्ला आएको १३ महिना बित्यो । यो बीचमा उनले कोरोना रोकथाम तथा नियन्त्रण देखि सुशासन र शान्ति सुरक्षा कायम गर्न निकै सक्रियता देखाए । कोरोना महामारीकै बीच जुम्लाको सिडिओ बनेर आएका थापा दुई पटक आफै संक्रमित भए । उनी यहाँका हरेक क्वारेन्टिन,आइसोलेसन र कोभिड अस्पतालमा पुगे । संक्रमितलाई उर्जा दिन काममा हिडे । आफु संक्रमित हुँदाको अनुभव सुनाउदै हौसला प्रदान गदै हिडेका थिए । आफु संक्रमित हुँदा समेत कोरोना रोकथाम तथा नियन्त्रणको काम प्रभावित हुन दिएनन । निरन्तर खटिरहे । कोरोना महामारीको मैदानमा कुशलता प्रदर्शन गरिरहेँ ।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘कोरोना महामारीका बीच गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम भयो । चित्किसक तथा स्वास्थ्यकर्मीलाई भरोसा दिने काम गरियो । कोरोना संक्रमणबाट बच्न नागरिकलाई सचेत पार्ने काम भयो । जसका कारण पहिलो कोरोना कहरमा कुनै पनि अप्रिय घटना भएनन् । जुम्लामा पहिलो पटक उनले दातृनिकायबाट प्राप्त हुने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने परिपार्टीको विकास गरेका छन । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘जुम्लामा बढ्दो कोरोना संक्रमण दर रोकथाम तथा नियन्त्रणमा गरिएको काम प्रति सन्तुष्ट छु । ’

 

१३ महिने कार्यकालका सफल काम
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्छन,‘विपदमा परेका नागरिकलाई २४ घण्टाभित्र राहत प्रदान गर्न सकियो । छिटो रेसपोन्स गरेर प्रशासनको उपस्थिती प्रभावकारी बनाउन सकियो । यसैमा खुसि छु । ’उनी आएदेखि प्रशासन कार्यालयमा डिजिटल नागरिक वडापत्र राखिएको छ । प्रशासनिक कामकाज सहजै रुपमा नागरिकले थाहा पाउन थालेका छन । प्रशासनको सेवाप्रवाह छिटो,छरितो र चुस्त दुरुस्त बनाउन मोवाइल एप्स निर्माण भएको छ । टोकन प्रर्णालीबाट सेवा प्रारम्भ भएको छ । सर्वसाधारण नागरिकका लागि हुलाक काउण्टर प्रशासन कार्यालय भित्रै खोलिएको छ । जसले गर्दा प्रशासनमा सेवा लिन आउने नागरिकलाई बजारबाट महंगोमा हुलाक टिकट किन्नु परेको छैन ।
बजारमा महंगो रकमले टिकट खरिद गर्नु पर्ने बाध्यता हटेको छ ।

पटक पटक संघ,प्रदेश माताहत कार्यालयमा पुगेर सेवाप्रवाहका बारेमा जानकारी लिने काम भएको थियो । सेवालाई प्रभावकारी र जनमैत्री बनाउन प्रशासन सुधार कार्ययोजना कार्यन्वयनका लागि आग्रह गरिएको थियो ।जुम्लामा शान्ति सुरक्षा, सुशासन कायम देखि सरकारी सेवाप्रवाहलाई प्रभावकारी बनाउन निकै प्रयत्न भएपनि स्थानीयबाट सहयोग नपाएको दुखेसो प्रमुख जिल्ला अधिकारी थापाको छ। उनले भने,‘ गाउँगाउँमा पुगियो । कोरोना विरुद्ध जुट्न सचेतना फैलाइयो । जनहितका कार्यमा जोड दिइयो ।

तर अफवाह फैलाएर नकरात्मक टिकाटिप्पणी गर्ने अरको कमी भएन । पहिलो चरणको कोरोना रोकथाममा निकै सक्रियता देखिएका स्थानीयतहले दोस्रो लहरमा खासै चासो दिएनन । उनले भने,‘स्थानीयतहले पछिल्लो समयमा कोरोना नियन्त्रणमा खासै चासो राखेनन । तर गाउँगाउँमा केभिड १९ संकट व्यवस्थापन टोलि पुग्यो ।सचेतना फैलायो । संक्रमितको भरोसा बनिरह्यो । ’उनले बजेटको सिमितताले डिजिटल टोकन प्रर्णालीबाट सेवाप्रवाह गर्ने कामको शुरुवात गर्न नसकेको प्रति दुख व्यक्त गरे । उनले भने,‘प्रशासनले निकै जनपक्षिय काम गरेको छ । आगामी दिनमा यी कामको मुल्यांकन हुनेछ । नागरिकलाई सेवाप्रवाहमा कुनै समस्या आउन दिइएको छैन । कुनै पनि नागरिकले प्रशासन प्रति प्रश्न उठाउने ठाउँ छैन । ’ जुम्ला कालिकोटको सीमानामा किड सहितको हेल्थ डेस्क राखिएको छ । जिल्लाबाहिरबाट आउने हरेक व्यक्तिले स्वास्थ्य परिक्षण गरेर मात्र जिल्ला भित्रिने गरेका छन । जहाज चलेको अवस्थामा विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गर्ने गरिएको छ ।

चुनौतिका बिच पनि कर्याकाल सफल रह्यो
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार यो बीचमा चुनौतिसंगै शान्ति सुरक्षाको अवस्थालाई मजबुद राख्न सकियो । कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको मुर्ति खोजी गर्ने देखि मुति चोरीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिएको छ । यो निकै ठुलो उपलब्धि हो । प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनमा परेका ९० प्रतिशत उजुरी उपर कार्वाही भइसकेको बताए । पहिलो पटक स्थानीय सिडिओ आउँदा निकै आशा र अपेक्षा थिए ।सबै अपेक्षा संबोधन नहुन सक्छन । तर अधिकांस अपेक्षाको संवोधन गर्न सफल भएको उनी बताउँछन ।

नागरिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सकेँ ।कोरोना महामारीका कारण जनसम्बन्ध विस्तार गर्न छलफल,संवाद,भेटघाट घनिभुत रुपमा हुन सकेन ।तर जनताको कुनैपनि समस्या संवोधनका लागि अहोरात्र खटिरहे । प्रशासन कार्यालयमा सिसिटिभी जडान गरेर सेवाप्रवाह बारेमा निगरानी गर्ने काम सञ्चालनमा ल्याउन सकिएको उनले बताए ।उनले भने,‘परिस्थिती सहज भएन । जनता संग प्रशासन कार्यक्रम लिएर गाउँमा जाने धोको पुरा हुन सकेन ।

तर काम गर्ने र काम देखाउनेका लागि सिडिओ बन्नु पर्छ भन्ने सन्देश छर्न सकियो । यसैमा गर्वानुभुति छ । ’सरकारी सवारी साधन व्यवस्थापन कार्यविधि तयार गरेर हरेक सरकारी कार्यालयमा पठाएर कार्यन्वयन गराउन सफल भएको उनले बताए । विपत प्रकोपमा परेका नागरिकका लागि ७ लाख ९३ हजार रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्न सकिएको उनले बताए । गाउँमा प्रशासनिक उपस्थित सन्तोषजनक रह्यो । ’ प्रमुख जिल्ला अधिकारी थापाले यसअघि सोलुखुम्बु र डोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । ती जिल्लामा उनको कायअवधि निकै सन्तोषजनक थियो । तेस्रो पटक प्रमुख जिल्ला अधिकारी भएर आफ्नै गृह्जिल्ला आएका थापाकाको कार्यकाल सफल बनेको नागरिकको प्रतिक्रिया छ । अहिले उनको सरुवा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा भएको छ ।

 

सम्बन्धित समाचार