वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । रिसालको राति पौने ८ बजे निधन भएको उनका माइला भाइ पुरू रिसालले पुष्टि गरे ।रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो ।छोरी सुष्म रिसालका अनुसार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा लैजाने तयारी छ ।