माओवादी केन्द्र चन्दननाथ २ को वडा सम्मेलन (फोटोफिचर)

जुम्ला : नेकपा माओवादी केन्द्रले चन्दननाथ नगरपालिकाको २ वडा सम्मेलन सम्पन्न गरेको छ ।साँस्कृती संरक्षण सहितको वडा सम्मेलन आइतबार सम्पन्न गरेको हो ।वडा सम्मेलनबाट नरेन्द्र सेजुवालको अध्यक्षतामा १५ सदस्यीय, वडा समिति निर्वाचित गरिएको छ । उपाध्यक्षमा चक्र बहादुर कामी,गोर्ख बहादु भण्डारी र सचिबमा लक्ष्मण भण्डारी रहेकाछन । माओवादी केन्द्र नगर कमिटिको आयोजनामा भएको वडा सम्मेलनले चन्दननानथ दुई वडामा नयाँ नेतृत्व चयन गरेको हो।

माओवादी केन्द्रले चन्दननाथ नगरपालिकाको २ नम्बर वडा सम्मेलन सफलता पूर्वक सम्पन्न गरेको छ। यस सम्मेलनको मुख्य उद्देश्य सांस्कृतिक संरक्षणसँगै स्थानीय नयाँ नेतृत्वको चयन गर्नु रहेको नव निर्वाचित अध्यक्ष नरेन्द्र सेजुवालले बताए । उनका अनुसार यो सम्मेलन माओवादी केन्द्र नगर कमिटीको आयोजनामा भएको हो ।


यो कमिटले पाटीको संगठन बिस्तार देखि स्थानीय स्तरमा सांस्कृतिक संरक्षणको महत्वलाई जोड दिने भएको छ ।त्यस्तै आमोवादी केन्द्रका कर्णाली प्रदेश कमिटिका सचिवालय सदस्य बिष्णु बहादुर महतले सर्वसम्मत नेतृत्व चयन भएको बताए ।उनले भने,‘चन्दननाथ दुइ वडा आमोवादीको लालकिल्ला भएको वडा हो । उनले केही प्राविधिक समस्याका कारण निर्वाचनमा हारजित हुने गरेको बताए । उनलेमाओवादी निमुखा ,जन्ता पिछाडी परेको वर्गको पाटी रहेको हो ।

कम्युनिष्ट पार्टीमा त्यो पार्टीको विचार बोक्न सक्ने व्यक्ति हो वा होइन हेरिन्छ । उनले माओवादी ढकमगायो भने सहिदको रगतले शान्ति पाउने छैन । उनका अनुसर सहितका सपना तुहाउने माओवादी हुनै सक्नदैन ।

त्यस्तै खमाओवादी केन्द्रका केन्द्रीय बैकल्पिक सदस्य लक्ष्मी कन्या बुढाले नयाँ निर्वाचित कमिटिलाई शुभकामना तथा बधाइ दिएकी छन्। उनले निर्वाचित कमिटिलाई पार्टीको संगठनमा नयाँ उर्जा र उत्साह ल्याउने अपेक्षा गरिएको गरिएको बताइन । उनले नयाँ नेतृत्वलाई पार्टीको उद्देश्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउन अनुरोध गरिन । वडा सम्मेलनमा स्थानीय कलाकारहरुले साँस्कृत संरक्षणका लागी देउडा र हुड्केनाच प्रस्तुत गरिएको थियो ।