छैटौं जुम्ला‐रारा अल्ट्रा म्याराथनबैशाख २७ मा हुने,झण्डै ८ सय खेलाडी सहभागी हुने अनुमान
कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी बैशाख २७ गते ५१ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन गर्ने भएको भएको छ। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले यस पटक बैशाखको २७ गते गर्ने भएको हो ।
त्यस्तै कर्णाली स्पोट क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनको यस पटक रुड परिबर्तन भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । उनले यस अघि ४९ किलोमिटर रुट थियो ।
आगामी हुने जुम्ला‐रारा अल्ट्रा म्याराथनमा ५१ किलोमिटिर रुट कायम गरिएको छ । उनका अनुसार खेलाडी दर्ता खुला गरिएको बताए। उनले भने, ‘अहिले आयोजना गरिएको छैटौं म्याराथन प्रतियोगिता हो। उनका अनुसार यो म्याराथन २०७५ बाट आयोजना हुदै आएको छ । अध्यक्ष शाहीका दौड प्रतियोगितामा अनुसार सहभागी हुने खेलाडीहरुका लागी आवेदन खुल्ला गरिएको छ । आगामी बैशाख २३ गते सम्म खेलाडीले नाम दर्ता गर्न पाउने छन । आयोजकका अनुसार यस पटक ५१ किलोमिटर दौडप्रतियोगितामा १ सय गरी झण्डै ८ सय खेलाडी जुम्ला‐रारा अल्ट्रा म्याराथनमा सहभागी हुने छन ।
समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु भइ खाली न्याउरी घतड सम्मको रुट दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालछेउमा समापन हुने गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल धाबक हरि बहादुर रोकायाले बताए । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको छ । रोकायाले खेल क्षेत्रको विकासमा स्थानीय सरकार तथा विभिन्न संस्थाको सहयोगको खाँचो रहेको औँल्याएका छन्।
त्यस्तै ५१ किामी अल्ट्रा दौड महिला÷पुरुष तर्फ, सार्क राष्ट्रका धावकहरुका लागी शुल्क १४५०० र अन्य देशका धावकहरुका लागि रु.२०००० (पार्क पंमिट, टिसर्ट, चेस्ट नंबर दौड हुने दिनको खाजा, खाना, चेक प्वाईन्टको खाजा, रारा ताल र जुम्लामा बास तथा जुम्ला सम्मको यातायात लागी लिने गरिएको छ । भने नेपाली धावकहरुका लागि रु ५००० र स्थानीय धावकहरुका लागि रु.५००० (पार्क पर्मिट, सहित टिसर्ट, चेस्ट नंबर, दौड हुने दिनको खाजा, खाना, चेक प्वाईन्टको खाजा, रारा तालमा वास तथा जुम्ला सम्मको यातायातका लागी तोकिएको छ ।
आयोजकका अनुसार ५१ किलोमिटिर दौड प्रतियोगितामा विजयी खेलाडीलाई एक लाख पुरस्कार राशि रहेको छ । प्रतियोगिताका उत्कृष्ट १० खेलाडी पुरस्कृत हुने छन्। म्याराथन सम्पन्न गर्न २५ खाल ७४ हजार खर्च लाग्ने अनुमान गरिएको कर्णाली स्पोट क्लबका सचिब मधुराज न्यौपालेले बताए ।