नेकपा एकीकृत (समाजवादी) पाटीको जुम्लाको ९औँ अधिवेशन उद्धघाटन
जुम्ला : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जुम्लाको ९ औँ जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रमा सम्पन्न भएको छ । पार्टी जिल्ला कमिटीले सुशासन र रोजगरी समाजवादको तयरी भन्ने मुल नाराका साथ ९ औँ अधिवेशन कार्यक्रमको उद्धघाटन गरेको हो ।तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले जुम्लामा अधिवेशन पछि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
पाटीले पारित गरेको नीति, कार्यक्रम र विधान अनुसार जुम्ला जिल्ला अधिवेशन गरेको पाटीका जिल्ला अध्यक्ष दयादक्त हमालले बताए । उनका अनुसार धिवेशनको कार्यदिशा,कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानअनुसार नयाँ कमिटि चयन हुने बताए।
नेकपा एकीकृत समाजवादी जुम्लाको ९ औं अधिवेशन उद्घाटनमा पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश जुवालाको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रमको उद्घाटन गरिएको हो। यस अधिवेशनमा जुम्लाका विभिन्न राजनितिकदलहरुले शुभकामाना दिएका थिए ।