शकंर पोखरेलको दवावले पत्रकार महासंघमा सल्लाहकार विवाद
काठमाडौं – नेपाल पत्रकार महासंघमा सल्लाहकारको विषयथप पेचिलो भनेको छ । कार्यकाहक अध्यक्ष बनेर महासंघको निर्वाचन गराएकी बाला अधिकारी विधान अनुसार सल्लाहकार रहने की अध्यक्ष पदबाट राजीनामा दिएर हिडेका विपुलपोखरेल सल्लाहकार बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको छ । महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष सल्लाहकार रहने व्यवस्था छ ।
बैधानिक संकट आएमा केन्द्रीय समितिको बैठकबाट विधानको ब्याख्या गरी विवाद निरुपण गर्नु पर्नेमा अध्यक्ष निर्मला शर्मा सहितका केहि पदाधिकारीले पोखरेललाई जवरजस्ती सल्लाहकारको बैधतादिलाउ नखोजेपछि विवाद चर्किएको हो । केहि दिन अघि महासंघमा भएको एउटा अनौपचारिक छलफलमा कार्यबाहक अध्यक्ष रहेका दिपक आचार्यले पोखरेललाई सल्लाहकार भनि परिचय गराएपछि अधिकारी पक्षधर आक्रोशित छन् । विधानको ब्याख्या र संस्थागत निर्णय विना नै आचार्यले पोखरेललाई सल्लाहकार भनेपछि महासंघको बहुमत केन्द्रीय सदस्य असन्तुष्ट छन् ।
महासंघका एक पदाधिकारीका अनुसार अधिकारी विधान अनुसार नै कार्यबाहक अध्यक्षभएकी हुन । उनले महासंघ अध्यक्षको हैसियतमा प्रेस काउन्सील नेपालको बोर्ड सदस्यको सपथ गर्नुका साथै सक्रिय भुमिका निभाएकी थिइन ।प्रतिनिधि सभाका सभामुख अध्यक्ष, सञ्चार मन्त्री र महासंघका अध्यक्ष सदस्य रहने सुचना आयोगको पदाधिकारी सिफारिस समितिमा पनि अधिकारीले महासंघ अध्यक्षकै हैसियतमा अधिकारीले निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
त्यतिमा त्रहोइन, महासंघको निर्वाचनका लागि मतदाता नामावलीमा अधिकारीकै हस्ताक्षर छ । निर्वाचन सम्पन्न गराएर पद हस्तान्तरण समेत अधिकारीले नै गराएकीहुन । त्यसैले उनी बैधानिक र व्यवहारिक रुपमा नै अध्यक्ष रहेकाती पदाधिकारीको तर्क छ । तीपदाधिकारीकाअनुसार पोखरेलले राजीनामा पत्रमाआफ्नो मानसिकअवस्था समेत ठिक नभएको उल्लेख गरेका छन् ।अधिकारीले पद हस्तान्तरण सभामा नै आफु बैधानिक रुपमा नै सल्लाहकार भएको दावीगर्दै पोखरेललाई लाजमान्न चेतावनीदिएकीथिइन ।
यता महासंघ अध्यक्ष निर्मलाशर्मा केन्द्रीय समिति छलेर पोखरेललाई सल्लाहकार बनाउने प्रयासमा छिन् । अघिल्लो महिनाधुलिखेलमा सम्पन्नमहासंघको कार्यमुलक बैठकमा शर्माले पोखरेललाई सल्लाहकारको रुपमा नै निम्त्याएकी थिइन ।
प्रेस सेन्टर सम्बद्ध पदाधिकारी र सदस्यहरुले पोखरेललाई सल्लाहकारको रुपमा बैठकमा राखे बहिस्कार गर्ने चेतावनी दिएपछि धुलिखेल पुगीसकेका पोखरेल सुटुक्क दाङतिर लागेकाथिए । पोखरेलले महासंघको बैठक विना नै आफुलाई सल्लाहकार घोषित गर्न एमाले महासचिवशंकर पोखरेल मार्फत महासंघ अध्यक्षशर्मालाई दवाव दिइरहेका छन् ।पूर्व अध्यक्ष पोखरेल र महासचिव पोखरेल दुवै दाङका हुन ।