जुम्लाको सिंजामा मालपोत र नापीकार्यालय संञ्चालन

जुम्लाकाे सिंजा क्षेत्रबाट मालपाेत र नापी कार्यालय संञ्चालन भएको छ । सिंजा गाउँपालिकाकाे नराकाेटमा कार्यालय स्थापना गरेर नापी र मालपोत ओैपचारिक रुपमा संञ्चालन भएका हुन ।
याे कार्यालयबाट सिंजाकाे हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले सेवा पाउनेछन ।
यसअघि उनीहरूले सदरमुकाम खलंगामा पुगेर सेवा लिनुपर्ने बाध्यता थियाे ।
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ओैंपचारिक उद्घाटन गरेर नापी र मालपोतका सेवा सुरू भएको घाेषणा गरेका हुन । जुम्ला पुगेका मन्त्री सहितकाे टाेलीलाई सिंजाबासीले पन्चेबाजा सहित भव्य स्वागत समेत गरेका छन् ।
नापी र मालपाेत सेवाका लागि महंगाे खर्च व्यहाेरेर सदरमुकाम जान बाध्य सिंजाबासी घर आँगनमै मालपाेत र नापी कार्यालय स्थापना भएपछि उत्साहित भएका छन्। सिंजा गाउँपालिकाका पुर्वअध्यक्ष देवल रावलले सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपाेत कार्यालय आगनमै पाएकाे बताए । उनले भने,’सिंजामा नापी र मालपाेत आउनु भएकाे हाम्राे खर्च बच्नु हाे । घरकै खाना खाएर सेवा लिन पाईने भयाे । अब महंगाे खर्च गरि हप्ता दिन सरदरमुकाम बास बस्नु पर्ने बाध्यता हट्याे ।`
संघियता कार्यान्वयनकाे करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी मालपाेत कार्यालय उद्घाटन भएकाे हाे ।
सिंजामा नापी र मालपाेत कार्यालय स्थापना गर्ने सरकारकाे निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको मन्त्री बलराम अधिकारीले बताए । उनका अनुसार कार्यालयकाे दिगाे व्यवस्थापन तथा प्रभावकारी सेवा प्रवाहमा आबश्यक सहयाेग गरिने छ ।
संघियता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार आएपनि नापी र मालपाेतकाे काम गाउँमा पुगेकाे हाे । जग्गा खरिद,नामसारी,राजिनामा लगायतका काम गर्न महंगाे खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिंजाबासीकाे बाध्यता थियाे ।
हप्तादिन सम्म हाेटलबास बस्नु पर्ने आउजाउ,हाेटलबास,कागजात व्यवस्थापनमा न्युनतम १०/१५ हजार रुपैया खर्च हुने गरेकाे छ ।
तर सिंजामा नापी र मालपाेत उद्घाटन भएपछि सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका हुन । अब समय र पैसा सबै बचत हुने उनीहरूकाे अपेक्षा छ ।
सदरमुकाम जाँदा लाग्ने खर्च,समय सबै जाेगिने र जग्गा नामसारी,राजिनामा गर्दा बुढापाकालाई हप्ताै दिनसम्म हुने दुख पनि अन्त्य हुने सिंजाबासीले जनाएका छन ।
सिंजा क्षेत्रका लागि नापी मालपाेत संघियताकाे अनुपम उपहार मानेका छन ।
गत पुस ९ गतेकाे मन्त्री परिषदकाे निर्णयले सिंजामा नापी मालपाेत स्थापना गर्न बाटाे खुलेकाे थियाे । करिब २१/२२ पटककाे पहल तथा प्रयासपछि मात्रै टुंगाेमा पुगेकाे थियाे ।
मालपोत र नापी कार्यालय स्थापनाले सिंजाबासीमा निकै राहत मिलेकाे गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए ।

सम्बन्धित समाचार