जुम्लामा पनी भूकम्पको धक्का
जुम्लामा पनी भुकम्पको धक्का महशुस भएको छ । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५।२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो।
भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४।५ म्याग्निच्युड रहेको थियो ।