हिंसा र बलात्कार विरुद्ध प्रदर्शनमा उर्तिय जुम्लाका महिला


जुम्ला ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध जुम्लामा प्रदर्शन गरेका छन ।उनिहरुले संसद विघटनविरुद्धको आन्दोलनकै क्रममा महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेका हुन ।महिलाले चर्को ¥याली सहित जुम्ला बजार परिक्रम गरेका थिए ।

विरोध प्रदर्शनको नेतृत्व अखिल नेपाल महिला संघको केन्दीय सदस्य, तथा नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य लक्ष्मी कन्या बुढाले गरेकी थिइन । उनले भनिन, हामी महिला प्रतिगमनका बिरुद्ध एक जुट हुने जरुरी रहेको बताइन । उनले भनिन, हामी महिलाले दिप्रतिदिन हिंसा भोगि रहेको छ ।

महिला माथी हुने हिंसा अन्ते गर्न र दोषिलाई कानुनी कठघरामा उभ्याउनका लागी एकताबद्ध भएर लाग्नु पर्छ । उनले भनिन हाम्रो न्याएको लागी र मुक्तीको लागी सरकारलाई खवरदारी गर्नु पर्छ । उनले थपिन केपी ओली जस्ता प्रधानमन्त्री चाहिदैन , हाम्रो संबिधान माथी खेलबाड गर्न पाइदैन । प्रदर्शनकारी महिलाले संसद विघटनको विरोध र संविधानको रक्षा, भ्रष्टाचारीमाथि कारवाहीको माग गरिएको समेत गरेका थिए ।