तिलाका जेष्ठ नागरिकलाई ज्याकेट र पछ्यौरी

दिलमाया शाही
जुम्ला ः जुम्लाको तिला गाउँपालिकाले जेष्ठ नागरिकलाई ज्याकेट र पछ्यौरी दिईएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ज्याकेट र पछ्यौरी दिईएको हो । तिलागायपालिकाले महिलालाई पछ्यौँरी र पुरुषलाई ज्याकेट दिइएको छ ।पहिलो दिन तिला गाउँपालिका १ का ३९ र तिला २ का ५९ जनालाई ज्याकेट र पछ्यौँरी प्रदान गरिएको तिला गाउपालिकाले दिएको छ । गाउँपालिकाको टोली गाउँमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
हरेक गाउँमा पुगेर तिला १ देखि ९ सम्मका ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको तिलागाउपालिकाका उपाध्यक्ष बिष्णु बुढाले बताइन् । उनले भनिन् सम्मान कार्यक्रम जेष्ठनागरिकलाई भेटघाट गर्ने अवसर जुटाएको छ । यो कर्यक्रम जेष्ठ नागरिक संग एकआपसमा भलाकुसारी गर्ने अवसर हो, उपाध्यक्ष बुढाले भनिन्,जेष्ठ नागरिक समाजका अमुल्य सम्पति हुन् । उनीहरुका राम्रा कार्य अनुसरण गर्दै भावि सन्ततिलाई हस्तान्तरण गर्नु आवश्यक छ । यो त्यसैको एक खुड्कीलो हो ।पहिलो बर्ष नबिल बैंक संगको समन्वयमा ज्याकेट, पछ्यौँरा र चौवानप्रास दिइएको थियो । दोस्रो बर्षमा पालिकाले कम्मल उपलब्ध गराइएको थियो ।
चालु आर्थिक बर्षमा ज्याकेट र पछयौँरा प्रदान गरिएको हो ।जेष्ठ नागरिकलाई सबैले सम्मान गर्नु पर्ने वातावरणको सिर्जना भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको महिला बालबालिका शाखाको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।गाउँमै ज्याकेट र पछ्यौँरा पाउँदा जेष्ठ नागरिक हर्षित भएका छन ।
उपाध्यक्ष बुढाले, जेष्ठ नागरिकबाट आर्शिवाद पाउनुका साथै राम्रो सुझाव पाएको बताइन् । उनले भनिन्,“उनीहरु आर्थिक रुपमा परिपक्क थिए । सामाजिक रुपमा अब्बल र पारीवारिक रुपमा कुशल अभिभावक हुन्थे । यो अहिले चाहिएको छ । ज्याकेट र पछ्यौरी प्रदान गर्न उपाध्यक्ष बुढा, सामाजिक विकास अधिकृत जगबहादुर बस्नेत,महिला बालबालिका शाखा प्रमुख गौरी थापा लगायतका कर्मचारीको सहभागिता थियो ।









