नागरिक र सेना, बीचको आत्मीयता बढ्दै

दिलमाया शाही
जुम्लाः गुठिचौरगाउपालिका ३की ७६ वर्षिया नानिकला बुढा पोट दुख्ने, शरिरिर दुख्ने र खान नरुच्चने समस्याले ग्रस्त थिइन ।वर्षौ देखीको रोग पालेर बसेको उनी सदरमुकामा रहेको स्वाथ्यबिज्ञान प्रतिष्ठानमा आएर उपचार गर्न सक्ने अवस्था थिएन । नन्दबक्स गणले, कर्णाली स्वास्थ्यबिज्ञान प्रतिष्ठान र स्थानियतहको समन्वयमा बृहत निशुल्क स्वाथ्य शिविर घरअंगनमै संञ्चालन गरेपछि उनले उपचार गर्ने अवसर पाएको बताईन । उनी मात्रै होइन ,गुठीचौर ४ की अर्की स्थानिय महिला कला बुढाकोले पनि घरदैलोमै उपचार गर्न पाएको भन्दै हर्षित बनिन्।
यो शिविरले, बिषेश गरी महलिा र अंङगता भएका ब्यक्ति लाई सहज भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका ३ गज्र्यांकोटमा नेपाली सेनाले विशेषज्ञ स्वास्थ्य सेवा दिएको हो । नेपाली सेनाको जुम्ला स्थित श्री नम्बर २४ बाहिनीअड्डा, नन्दबक्स गण,र श्री २४ नम्बर फि.ए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले बताए । उनले भने , स्त्री रोग र जनरल मेडिसिन तर्फको सेवा दिइएको छ । कोभिड १९ का कारण स्वास्थ्य संस्था र अस्पताल सम्म पुग्न नसकेका मानिसहरुका लागि यो सेवा लक्षित भएको उनको भनाई छ । उनले थपे, विशेषज्ञ सेवा दिनको लागि नेपाली सेना भित्रको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका विशेषज्ञ चिकित्सक गाउँमै पुगेका छन ।स्वास्थ्य सेवा लिन विहानै देखि स्थानीयको बाक्लो सहभागिता रहेको पाइएको छ ।स्थानिय कला बुढाले भनिन, सामान्य बिरामीको उपचार र जटिल रोगको समेत सेवा पाउँदा उत्साहित भएका छौ । न्युन आय भएका नागरिकलाई यो शिविरले गाउँमै अस्पताल भएको जस्तो अनुुभुति दिलाएको छ ।
श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटालेभन, ,कोभिडका कारण स्थानीय अस्पताल सम्म पुग्न सकेका छैनन । रोग बोकेर गाउँमै थन्किएका नागरिकको लागी हामीले यो शिविर संञ्चालन गरेका हौ । त्यसका लागि यो नेपाली सेनाले दिएको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्धिपुर्ण हुने छ । जटिक खालका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरेर उपचार हुने छ ,बाहिनीपतिसापकोटाले भने , विहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म विशेषज्ञ सेवा दिइएको छ ।
स्थानीय पनि निकै उत्साहित भएर स्वास्थ्य सेवा लिन सहभागि भएका थिए । जव मान्छे पुर्णरुपमा स्वास्थ हुन्छ । तब मात्र सामाजिक, आर्थिक क्रियाकलापमा सक्रिय हुन सक्छ । त्यसैले नियमित चेकजाँच गर्न र स्वास्थ्य प्रति संवेदनशिल बन्न यो विशेषज्ञ सेवाले महत्वपुर्ण अर्थ राखेको छ । त्यस्तै गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले सेनाले स्वास्थ्य सेवा मार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभुति भइरहेको बताए । उनले भने,नेपाली सेना पटक पटक गाउँपालिकामा आएर हरेक बिषयमा तालिम प्रशिक्षण गर्दै सम्बन्ध विस्तार गरिरहेको छ ।
यो राम्रो कार्य हो । आगामी दिनमा भौतिक पुर्वाधार निर्माण र सचेतनाका क्रियाकलापमा सहकार्य गर्ने आशा गरेका छौ । वडाध्यक्ष प्रेमबहादुर बुढाले गाउँमा सेनाको स्वास्थ्य शिविर बसेर विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउँदा उत्साहित बनाएको बताए । उनले भने, सेनाले संञ्चालन गरेको शिविर आभार ब्यक्त गरे । बाहिनीपति सापकोटा र गणपति रायमाझी गाउँमै खटिएर स्वास्थ्य सेवा दिएका हुन् ।
घरदैलोमा स्वास्थ्य सेवा पाउँदा स्थानीय उत्साहित बनेका छन । त्यस्तै स्वास्थ्य सेवा दिनेक्रममा नजिकैको शंकर माध्यमिक विद्यालयलाई खुलकुद सामाग्री समेत बितरण गरेको थियो । बाहिनीपति सापकोटाकाले आपत विपत पर्दा आवश्यक पर्ने ज्ञान सीपका बारेमा समेत सचेतना दिइएको बताए । स्वास्थ्य शिविर बाट ४ सय ३८ जनाले चेकजाँच गराएका छन ।
पछिल्लो समयमा जुम्लास्थित नेपाली सेनाले हरेक नागरिक संग आत्मीयता बढाउदै गएको छ । नेपालको सैनिक र राजनीतिक इतिहासमा नागरिक र सेनाको सम्बन्ध बढाउने प्रयास नौलो होइन। तर नन्दबक्स गण जुम्ला गरेको समाजिक कार्यले सैनिक र नागरिक बिचको सम्बन्ध प्रगाड बन्दै गएको हो ।सेनाले आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा सेमत पटक पटक अभ्यास गराउदै आएको छ ।









