गाउँ पसेको घोरलको सकुशल उद्धार

जुम्ला ः जुम्लामा गाउपसेको घोरलको उद्धारगरिएको छ जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्धार गरिएको हो । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्धार भएको छ ।घोरल भेटिएपछि नरसिंह थापाले पुर्व रेन्जर खड्क महतलाई खबर गरेका थिए । डिभिजन बन प्रमुख दिनेशजंग खत्रीले भने,खड्क महतले डिभिजन बन कार्यालयमा खबर गरेर घोरलको उद्धार गरिएको हो । अहिले डिभिजन बन कार्यालय जुम्लामा राखिएको छ ।
घोरल चन्दननाथ नगरपालिका १० को जंगलबाट झरेको हुन सक्ने अनुमान गरिएको छ । राति कुकुरले लखेटेर घरको गेटमै लुकेर बसेको भेटिएको थियो । विहान उठ्दा भेटिएपछि घोरलको सकुशल उद्धार भएको डिभिजन बन कार्यालय जुम्लाले जनाएको छ ।घोरलको स्वास्थ्य चेकगर्दा कुनै समस्या देखिएको छैन् ।
सडक डिभिजन कार्यालय जुम्लाको गाडीमा राष्ट्यि बनक्षेत्रमा छाडिने तयारी भइरहेको छ । जनप्रतिनिधि, प्रहरी र बन कार्यालयको रोहवरमा घोरल बनमा छोड्ने प्रमुख खत्रीले जानकारी दिए ।घोरल किन गाउँतीर झरेको अनुसन्धान भइरहेको छ । हिउँ परेको छैन् । आहाराको कमी पनि छैन । घोरल किन गाउँ झरेको हो । त्यो अनुसन्धान गर्नुपर्छ । ” यो निगालो र खर्सुको घना जंगलमा बस्छ । मान्छेले लखेटेको जस्तो चोटपटक पनि छैन । प्रमुख खत्रीले भने,“सकुशल भेटिएको घोरललाई जंगलमा छोड्दा उपयुक्त हुने देखिएको छ ।








