अज्ञात ब्यक्ति द्वारा मोटरसाइकलमा आगजनी


जुम्ला ः जुम्लामा अज्ञात ब्यक्तिद्धारा मोटरसाइकलमा आगजनी भएको छ । चन्दननाथ नगरपालिका ५ वडामा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको मोटरसाइकलमा आगो लगाइएको हो ।क १ प ५० नम्बरको मोटरसाइकलमा शुक्रबार राति करीब १२ बजे तिर आगो लगाइएको प्रहरीले जनाएको छ ।नेपाल इन्भेष्टमेण्ट बैंक शाखा रहेको भवनको गल्लीमा पार्किङ गरी राखिएको थियो ।

बैकको गल्लीमा पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात ब्यक्ति वा समुहले मोटरसाइकलमा आगजनी गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक माधब प्रसाद काफ्लेले बताए ।उनले भने मोटसाइकलमा आगो कस्ले कसरी लगायो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको छ ।आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल इन्भेष्टमेण्ट बैंक शाखा जुम्लाका सिनियर स्टेसन ,हरिबहादुर बुढाले बताए ।जुम्लामा पार्किङ गरेर राखीएका मोटरसाइकलमा पटक पटक आग्जनी हुर्दै आएको छ ।