जुम्लामा कालिज पालन ः व्यवसायी गर्दै युवा
जुम्ला ः चन्दननाथ नगरपालिका ४का युवा कालिज पालन ब्यवसाय गर्न थालेका छन । उनीहरुले कृषिसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी युवाहरूले व्यावसायिक कालिज फर्म खोलेका हुन । आगामी वर्षभित्र जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिँदै जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको युवाहरूले बताएका छन।
स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यसाथ हमाल एग्रो एण्ड रिसर्च सेन्टर चन्दनाथ ४ जुम्लामा फार्म खोलिएको संचालक दिपेन्द्र बिक्रम हमालले बताए ,। उनले भने, ’जुम्लामा लोकल कुखुराकै मूल्यमा कालिजको मासु बिक्री गरी सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्य छ, । मासु तथा मासुजन्य वस्तुको उत्पादन गरी ग्रामिण स्तरमा रहेको कुपोषण घटाउन उच्च हावापानीमा कालिज उत्पादन गर्न लागिएको हो।’
,
मासुको गुणस्तर तथा स्वादमा निखार ल्याउने आफूहरूको उद्देश्य रहेको उनले जानकारी दिए। उनले भने आफ्नै दुइ लाखको लगानीमा जुम्लामै कालिज र कुखुरा उत्पादन गर्र्दै भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको हमालले बताए। जुम्लामा दुइ लाखको रुपैयाँ लगानी गरी फर्म खोलिएको हो।
यो फर्म चन्दननाथ नगरपालिकाको नम्बर ४ वडाको मालाभिरमा छ। हमालको फर्ममा अहिले ४५ वटा कालिज छन्। कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज पालन प्रतिफलयुक्त हुने भएकाले विशेषज्ञबाट सल्लाह लिई चिसो ठाउँमा फार्म सञ्चालनमा ल्याइएको उनले बताए ।








