जुम्लामा ःआन्दोलनकारी र प्रहरीबीच झडप,प्रहरी कार्यालय तोडफोड

दिलमाया शाही
जुम्ला ः प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा लोडफोड गरेका छन । आन्दोलनकारीको ढुङगामुडा बाट प्रहरीको गाडी र महिला सेलको झ्याल ,सिसा लगाएको लगायतको भौतिक संरचनामा क्षेति भएको छ ।आन्दोलकारी र प्रहरी बिच झड्प हुदा खलंगामा तनावग्रस्त भएको छ ।गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनीहरुलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक माधव प्रसाद काफ्लेले बताए । जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’,।यता मृर्तकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा नाराजुलुस सहित ढुङगामुडा गरे पछि स्थिति तनावग्रस्त भएको हो ।प्रहरीले भीडलाई तितरबितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको हो ।
१४ वर्षीय पदम बुढा उपचारको लागि फागुन ४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याएको थियो । उनको उपचारको क्रममा ५ गते निधान भएको थियो। आफन्तले खुटामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अस्पताल ल्याएको बताएका छन। ।ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसियुमा राखेर उपचार थालिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले बताए । उनले भने ,अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए । उनको श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको प्रतिष्ठान स्रोतले बताएको छ । ’फोक्सा समस्या देखीएका कारण बिरामीलाई बचाउन नसकिएको प्रतिष्ठानको भनाई छ ।
गाउको बिहेमा गएका पदम बुढा उनका साथीले मोबाइल चोरी लगाएको आरोपमा प्रहरी ल्याएर होइन , उनी प्रहरी कार्यालयमा आफ्ना साथी सहित आफै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक युवन चौधरीले बताए । उनले भने , उनि तिन घण्टा पछि त्यही दिन , घर फर्किएका थिए । बुढा प्रहरीकार्यालयमा आएको कुरा उनका अबिभावकलाई समेत जानकारी रहिन्छ ।,

प्रहरी निरिक्षकले भने ,५ गते उनको मृत्यु भएपछि उनका साथीले प्रहरी कार्यालयमा आएको कुरा उनका अबिभावकलाई जनाकारी दिएपछि प्रहरीकै कुटाइबाट मृत्यु भएको भन्ने आंशंका गरिएको हो । प्रहरी कार्यालयमा आएको मितिले बुढाको मृत्यु १७ दिन पछि भएको छ । गुठिचौर गाउँपालिका–३ गज्याङकोटका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा मृतकका आफन्त घाइते भएका छन् ।घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीले ल्याएर निर्मम तरिकाले कुटपिट गरेका कारण बुढाको मृत्यु भएको आफन्तले आरोप छ ।









