संकटमा पञ्चेबाजा र हुड्के नाच


दिलमाया शाही
कर्णालीमा हुने विवाहबर्तन तथा विभिन्न सभासमारोहमा बजाइने पञ्चेबाजासँगै हुड्केनाच हराउँदै गएको छ । पञ्चेबाजा र हुड्के नाच पुस्तान्तरण नहुदा हराउदै गएका हुन । विवाहबर्तन तथा विभिन्न सभासमारोहमा पञ्चेबाजासँगै हुड्केनाचको माग अझै पनि बढ्दो क्रममा छ । तर पुराना पुस्ता सकिदैजाँदा नँया पुस्तामा हस्ताातरण हुन सकेको छैन । तिलागाउपालिका १ रारा गाउका जगमानी दाइले बजारमा सजिलै उपलब्ध आधुनिक गित संगित र बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृती हराउन थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन । उनले भने केहि बर्षपहिले हुने विवाहबर्तन तथा विभिन्न सभासमारोहमा अनिवार्य जस्तै बनेको हुड्केनाच र पञ्चेबाजाको अहिले लोपहुदै गएको छ ।
उनले भने कर्णालीको मौलिकता झल्काउने हुड्केनाच र पञ्चेबाचा बजाउने सीप पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्त्रण हुन जरुरी छ । उनले थपे नँया पिँढीले े समेत सिक्न तयार छन । उनले भने पञ्चेबाजामा पर्ने नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोगले हुड्के नाच्ने गरीन्छ । तर यस्ता खालका समाग्री संरक्षण गर्न कठिन छ । दमाइका अनुसार पहिले विभिन्न बाजाको निर्माण स्थानीय स्तरमा हुने गरेको भए पनि अहिले त्यस्ता खालका बाजा बनाउने सीप तथा हुड्के गाउने कला भएका मानिस भेटाउन मुस्किल पर्ने गरको छ ।हुड्केनाच र पञ्चेबाजा संकटमा पर्न थालेपछि यसको संरक्षण र प्रर्वद्धनका लागी तिलागाउपालिका पञ्चेबाजा समुह गठन गरिएको जगमानी दमाइले बताए । उनले भने स्थानिय सरकार लागिपरेको छ ।

तिला गाउँपालिकाले यसको संरक्षणका लागि केही सहयोग गरेको छ । उनले पञ्चेबाजा संस्कृति संरक्षणका लागि आबश्य बजेटको अभाव रहेको बताए । उनले थपे म पञ्चेबाजा समुहको अध्याक्ष छु ‘महिले हाम्रो परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड दिने छु । पञ्चेबाजा संरक्षण र प्रवद्र्धनका लागि दमाई जाती बसोबास गर्नेहामीले जिल्लास्तरिय खसानी पञ्चेबाजा संरक्षण तथा प्रर्वद्धन मञ्च दर्ता गर्ने सोचमा रहेको छौ । बञ्चेबाजाको टोलीलाई आवश्यक पर्ने पहिरन र वार्षिक रकम उलब्ध गराएको खण्डमा यसको अनुमोदन उनले बताए । अहिले पनि गाउँघरका बुढापाका, केहि स्थानियबासी र पर्यटकहरु हुड्के नाच र पञ्चेबाजाप्रति खुबै आकर्षित पाईन्छ ् । तर यसको प्रर्वद्धन हुन सकेको छैन । हुड्केनाच, ढालनाच, मागल, चुटकिला जस्ता जातिय तथा क्षेत्रिय पहिचान बोकेका कर्णालीका मौलिक कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व घट्दै गएको छ ।
कर्णालीको पहिचानमा आधारित संस्कृित
त्यस्तै तिलाका अर्का महेन्द्र परियारले भने हुड्के नाच कर्णालीमा मात्रै नाचिने संस्कृित हो । दमाई जातसँग आधारित यो नाच कर्णालीमा निकै रुचाइन्छ ।त्यसैले पनि हुड्के नाच र पञ्चेबाजाको आफ्नै महत्व छ । यो नाच्न जान्ने निमन्त्रणा आँउदा सिधै ज्याला निर्धारण गरे जान्छन् ।
पुस्तान्तरण नहुँदा सङ्कटमा
जुम्ला लगायत कर्णालीका हुड्के नाच मात्र हैनन, मागल,पञ्चेबाजा,ढाल नाच लगायतका संस्कृति लोपोन्मुख बन्दै गएका छन् ।स्थानीय तहमा नीतिगत निर्णय नहुँदा हुड्के नाच पुस्तान्तरण र संरक्षण गर्न चुनौतीपूर्ण बन्दै गएको हो । तिला गाउँपालिका ३ का हस्त दमाई हुड्के नाचकै कारण अहिले पनि परिचित छन । उनले हुड्क नाचबाटै दैनिकी चलाइ रहेका छन । उनले भने मलाई बाबाले सिकाएर गएको संस्कृतिमा आधारित पुर्खोउली सिप हो । उनले भने म गाउँघरमा कसैको विवाह हुँदा,छोरा हुँदा वा कुनै उत्सव हुँदा नाच्न गाउँ गाउँमा जान्छु ।हस्त दमाईले भने ,मनमा जागर, सिप कला हुँदा, पनि अहिले साथ दिने संगी छैनन् । हुड्के नाच रुचाउने समुदाय नै कम भई सकेका छन् । अहिले कतैबाट निमन्त्रणा आइहालेपनि सहयोगीहरू जुटाउनै धौधौ छ ।रारा गाउका महेन्द्र परियारले भने ्,मैले आफ्नो बुबाबाट यि सिकेको हुँ, गाउँमा जान्थे, मैले रुचि देखाएपछि सिकेको थिए । उनले भने हुड्केनाँच पञ्चेबाजा, ढाल नाचको संरक्षण नगरे सम्म कर्णालीको संस्कृति पहिचान खोज्नु पर्नेमा स्थितिमा पुग्ने छ ।

यस्ता खालका साँस्कृती दमाई जातीमा आधारित एक मौलिक पेसा हुन। यसको संरक्षणमा स्थानीय सरकारदेखि स्वयम दमाई समुदाय अग्रसर हुन जरुरी रहेको देखीन्छ ।नेपाली भाषाको उद्गम स्थल कर्णाली संस्कृति र मौलिकताको प्रचुर सम्भावना भएको ठाउँ मनिन्छ । तर अहिले कर्णालीका गाउँघरमा प्रचलित देउडा, हुड्के नाच, धामी नाच, लहरे नाच लगायतका गौरवमय सांस्कृतिक बिस्तारै हराउँदै गइरहेका छन् ।परम्परागत मागी विवाहमा कमी आएसँगैपनि ‘हुड्के नाच’ को महव घटेको बताइन्छ