पातारासि गाउँपालिका विद्युतको पँहुजमा

?

जुम्लाको पातारासी गाउँपालिका विद्युतको पँहुजमा पुगेको छ । स्थानीय सरकार आए पछि १५ वटा विद्युत आयोजना निर्माण भई संचालनमा आएका छन । पालिकामा विद्युतको पहँजु पुगेको हो । १५ देखि १ सय किलोवाट सम्मका १५ आयोजना निर्माण भई संचालन आएपछि पातारासीका दुर्गम बस्ती झिलिमीली भएका छन् । जुम्ला जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासीगाउपालिका जुटेको छ । पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत आयोजना, २५ किलोवाटको लुम विद्युत आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत आयोजना, ४५ किलोवाटको त्रिबेणी जलविद्युत आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत आयोजना, रिनीमा ९ किलोवाट, र पटमारामा १२ किलोवाट विद्युत आयोजना निर्माण भएका छन् । त्यस्तै तलि लोर्पामा ५ किलोवाट, लाम्रीमा ९ किलोवाट, महरीमा ६ किलोवाटको विद्युत आयोजना गरी पातारासी गाउँपालिकामा १५ वटा विद्युत आयोजना निर्माण भई संचालन आएका हुन् । १५ वटा विद्युत आयोजना मध्य ११ वटा आयोजनाबाट साढे दुई सय किलोवाट विद्युत उत्पादन भईरहेको पातारासी गाउपालिकाले जनाएको छ ।

घरघरमा बत्ती पुगे पछि त्यहाका स्थानियलाई उज्यालोको लागी टुक्की बाल्नु पर्ने बाध्यता हटेको छ ।गाउमा बत्ती आएपछि पातारासीका १७ हजार बढी नागरिकले खुसी व्यक्त गरेका छन् । स्थानीय तारा बहादुर बोहोराले भने विद्युतको पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हटेको छ । उनले भने अबका दिनमा हाम्रा बालबालिकाले सहज रुपमा पढ्न पाउने भएका छन् । गाउमा बत्तीको पँहुज पुगेपछि बन्द रहेका फर्निचर उद्योग तथा साना जडिबुटी उद्योग पनि संचालन भएका छन् ।
विद्युत क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको पातारासी गाउपालिकाका अध्यक्ष लछिमन बोहोराले बताए । उनले भने पातारासीले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको छ । अध्यक्ष बोहोराका अनुसार गर्भ गर्ने खालको विकास भनेकै हामीले विद्युतको क्षेत्रमा गरेका छौ ।साढे तीन वर्षमा पालिकाभरीका करिब २७ बस्तीका ३४ सय घरधुरीलाई विद्युतको पहुँचमा पुर्याउन सफल भएको उनको दाबी छ ।

त्यस्तै पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढथापाले भने ,पावर हाउसका कर्मचारीलाई तलब र मेसिन मर्मत खर्च सबै पालिकालेनै व्यवहोर्ने गरी पालिका भरीका ३४ सय घरधुरीलाईनै निशुल्क बत्ती दिने व्यवस्था गरिएको छ । उनले भने ,पातारासीमा पानीको स्रोत प्रयाप्त भएकोले स्थानीय सरकारको लगानी र प्राथमिकतामा जलविद्युत परेको हो ।

जसका कारण अन्य क्षेत्रको विकास भन्दा विद्युत क्षेत्रको विकास प्रभावकारी भएको बुढथापाको भनाइ छ । अन्य विकास भन्दा नागरिकले विद्युतबाट संघियताको महसुश गरेको गाउपालिकाले बताएको छ । त्यस्तै १ मेगावाट चुकेनी जलविद्युत आयोजना निर्माणका लागि पातारासी गाउँपालिकाले २ करोड सेयर लगानी पनि गरेको छ । चालु आ.व भित्रै जिल्लामै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी गाउपालिका जुटेको छ । विद्युत अबरुद्ध भएका १÷२ बस्तीमा लाईन विस्तार तथा टान्समिटर जडानको कार्यलाई अघि बढाइएको छ ।