एक वर्ष देखी ओडारमा बस्ने बेबारिसे महिलाको उद्धार भएन

 

एक वर्ष देखी ओडारमा बास बस्दै आएकी महिलाको नाम हो काला कुलाल , हेर्दैमा धुलाम्य शरीर, जगल्टिएको कपाल, ,कलेटी परेका ओठ, चिसोले कठ्याङ्ग्रिएका हात, वषौ देखिको फोहोर कपडामा लपेटिएको जीवन, देखीन्छ । हामीले झट्ट हेर्दा करिब ६० वर्ष उमेर कटको जस्तो लाग्छ । कमला कुलाल एक उदारण मात्रै हुन । उनी जस्ता धेरै सडक मानसिले यो समस्या भोग्दै आएका छ । तर सबै भन्दा नजिकको सरकार स्थानिय सरकार हो । स्थानिय सरकारनै वेवारिसे सडक मानव प्रति जिम्मेवारी देखीएको छैन । जुम्लाको न्यूनतम तापक्रम माईनस ८.५ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको माइन डिग्रीको चिसोमा सडकका पेटीमा झुक्रीएर बसेका बेवारिसेको ब्यवस्थापनमा स्थानिय सरकार उदासिननै देखीन्छ। जुम्लामा एक नागरपालिका सहित आठ वटा स्थानियतह छन ।
जंगली जनावर र सिचोको  मुख्मा वेवारिसे महिला
एक वेवारिसे महिलाको बास चन्दननाथ नगरपालिका ३ जुम्लास्थित नाओडार छ । जुन ठाउजुम्ला सदरमुकामबाट एक किलोमिटर दूरीमा पर्छ । त्यही खुला ओडारमा नौ महिनादेखि एकजना अपरिचित महिलाको बास छ । महिला घर भित्रै सुरक्षीत नभएको कुरा बिभिन्न संञ्चार माध्यममा आएका छन । तर ती महिलाका लागि ओडारको बसोबास कतिको सहज र सुरक्षीत छ , भन्ने कुरा हेररै अनुमान गर्न सक्छि । एका तिर उनिको मानसिक सन्तुलन ठिक छैन अर्को तिर पाठेघरको समस्याले थलापरेकी छन । उनी बस्न बितिकै उनको पाठेघर भुईमा घिसारिन्छ । बेला बेलामा रक्तश्रप भएको देखीन्छ । तर उनलाई पाठेघरको दुखाईृको कुनै महशुस भने छैन । उनको स्वास्थ्य अवस्था कमजोर हुदै जादा अहिले उनको मृत्यु हुन सक्ने सम्भावना छ । उनी जंगल मुनीको ओडारमा बसेकाले पनि कतिबेला जंगली जनावरले सिकार गर्छन थाहा छैन ।
खुल्ला ओडारको बास ,र सडकको गाँस
वेवारिसे महिलाको एक वर्ष देखी खुल्ला ओडारको बास ,र सडकको गाँस गर्दैै दैनिकी चलेको छ । जु्रम्लाको माइनस डिग्रीको चिसोमा डकमा बसेर बाँच्न सक्छ भन्ने कसैले कल्पना गर्न सक्दैन । पछिल्लो समयमा जुम्लाको कठोर जाडोमा सडक मानवहरुको कहाली लाग्दो दृश्य देख्न पाईन्छ । ति महिला शान्तिनगर हुँदै कर्णाली प्राविधिक शिक्षालय जाने बाटो नजिक खुल्ला ओडारमा बसिरहेकी छन । उनिआफ्नो घर दैलेख हो भनेर बताउछिन । ती महिला त्यहाँ कहिले, कसरी र किन आईन् भन्ने विषयमा कोही जानकार छैन । नाम सोदा माता कुमारी हो भन्छीन । तर चन्दानाथ नगरपालिकाको महलिा शाखाले भने उनको नाम कमला कुलाल हो भनेको छ । चन्दननाथ नगरपालिका तिनका वडा अध्यक्ष नन्द बहादुर बुढथापाले भने ,महिला को हुन्, कहाँबाट कसरी यहाँसम्म आईपुगिन् ? त्यो हामी कसैलाई थाहा छ्रैन । उनले भने हामीले धेरै पटक सोध्दा उनले दैलेख खड्काबाडा घर हो भन्छीन । उनको खोजतलासका लागि भनेर कही कतैबाट पनि कोही व्यक्ति नआएको आएका छैन ।उनले भने उनलाई घरमा ल्याउन खोज्दा नमानेकोले ओडारमै बस्न दिईएको बरु खानाका लागि यहाँको समुदायले सहयोग गर्दै आएका छन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा तत्कालका लागि राहत प्रदान गरिनु प्रशंसनीय काम भएको छ । सरकारले तत्काल ती बेबारिसे महिलालाई उद्धार गरी पुनःस्थापना गर्नुपर्ने आबश्यक छ ।बेबारिसे महिला खुला ओढारमा बस्ने खबर पाएपछि तत्काल चिसोको जोखिम हुनबाट बचाउन भन्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, जनपथ तथा सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय माधवप्रसाद काफ्ले र गगन श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चौलागाई सम्मिलित टोली ती महिला बस्ने ओडारमै पुगेर कम्बल हस्तान्तरण गरेको थियो ।

प्रजिअ थापा नेतृत्वको टोली र नेपाल रेडक्रस, उद्योग बाणिज्य संघ जुम्लासहितले महिलालाई भेटेर कम्बलसहित ज्याकेट, चामल र भाँडाकुँडा सहयोग गरेको छ । “महिलामा मानसिक असन्तुलनको समस्या रहेछ । कसैले घरमा लिन खोजेपनि जान नमान्दीनन , प्रजिअ थापाले भने , तत्काल उनलाई जुम्लामा पुनःस्थापना गर्ने ठाउँ नभएकोले हामीले केही राहतका सामग्री दिएर फर्केका छौं ।”
जिल्ला प्रशासनमा बैठक बसेर सडक मानवहरुको तथ्याङ्क संकलन गर्ने र पुनःस्थापनाका लागि कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रशासनले सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवहरुको तथ्याङ्क संकलनका लागि भने सामाजिक विकास कार्यालय जुम्लालाई निर्देशन गरिएको प्रशासन जुम्लाले जनाएको छ । संकलित तथ्याङ्कका आधारमा सडक मानवहरुको उद्धारगरी मानव सेवा आश्रम सुर्खेतमा पुनःस्थापनाका लागि जतिसक्दो चाँडै कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने बताईएको छ ।