जुम्लामा दरबन्दी अनुसार प्रहरी छैनन, सुरक्षामा चुनौती

 

 

जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लामा आवश्यक जनशक्ति नहुँदा शान्ति सुरक्षामा चुनौती देखिएको डिएसपी माधव प्रसाद काफ्लेले बताए। उनले भने ,दरबन्दी अनुसारका प्रहरी नहुँदा सुरक्षामा समस्या देखिएको छ। डिएसपी काफ्लेले भने, जुम्ला जिल्ला भरी जम्मा दरबन्दी संख्या ३ सय ५० छ। अहिले जिल्ला भरी २ सय ६१ जना प्रहरी जवान मात्रै छन । यसमा पनि २३ दरबन्दी खाली रहेको छ । उनले थपे , जिल्ला प्रहरी कार्यालयमा हाल १ सय ५ जना मात्र भएकोले जुम्लाको शान्ति सुरक्षामा चुनौती देखिएको छ ।उनका अनुसार जिल्ला भर ३ सय ५० जना प्रहरी भए पनि २६ जना जती बिदा बसेका हुन्छन ।

त्यस बाट पनि ५१ जना प्रहरी जवान आधारभुत्त तालिममा छन । अहिले जिल्लामा २७ वटा प्रहरी ईएकाई छन । डिएसपी काफ्लेले भने, ति युनिटहरुमा पनी प्रयाप्त जनशक्ती छैन । एक प्रहरी ईकाईमा कम्तीमा पनि १० जना प्रहरी हुनु पर्ने हो । तर यहाका कतिपय नियुनिटमा ६ जना प्रहरी बसेर सुरक्षा दिएका छन । यो दुखत कुरा हो। एक प्रहरी ईकाईमा १० जनाका दरले प्रहरी राखीयो भने जुम्लालाई ९४ जना जनशक्ति आबश्यक रहेको प्रहरी निरिक्षक तथा सुचना अधिकारी भरत्त सिहं राठोरले बताए । उनले भने १८ जना प्रहरी जुम्लामा आउँन बाकी छन। दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा ड्युटी खटनपटनमा समेत समस्या देखिएको छ।
बिट नहुदा खुल्ला आकाश मुनी ड्युटी गर्दै प्रहरी
यति बेला जुम्लाको तापक्रम माइनस ८ दशमलब ५ डिग्री सेल्सिएस रहेको छ । तर प्रहरी डियुटी गर्ने अधिकांस चोकहरुमा बिट छैनन । यसले गर्दा उनिहरु आफै असुरक्षितको महसु गर्ने गरेका छन। हिउँदको समयमा जुम्लामा अत्यधिक चिसो हुने भएकोले थप समस्या सामना गर्दै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बत्ती बिहीन अध्यारो जुम्लामा दिउँसको समयमा समस्या नभए पनि रातको समयमा भने सुरक्षामा कठिनाइ हुने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राठोरले बताए। जुम्ला जिल्लाको हकमा १ जना प्रहरी जवानले ७ सय १५ जना नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपरेको उनको गुनासो छ ।
महिला प्रहरीको संख्या न्युन
जुम्ला जिल्लामा महिला प्रहरीको संख्या न्युन रहेको प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । उनले भने जुम्लाका अधिकांस प्रहरी ईकाइमा महिला प्रहरी छैनन । जसले गर्दा महिलाका समस्या सधान हुन सकेको अबस्था छैन । सबै प्रहरी ईकाइमा महिला प्रहरी छैनन ,। दुर्गममा रहेको प्रहरी ईकाईमा महिला प्रहरी नहुदा महिला सम्बन्धीका उजुरी आउन सकेका छैन । डिएसपी काफ्लेले भने, जिल्ला प्रहरी कार्यालयमा पनि महिला प्रहरीको संख्या कमी छ ,। उनले भने एक तर्फ महिला सम्बन्धीका मुद्र्धा परेको खण्डमा प्रकाउ गर्न गारो हुने गरेको छ । भने आर्को तर्फ महिला प्रहरी नहुदा महिला हिंसाका उजुरी आउन नसेका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला जिल्ला भरी महिला प्रहरीको संख्या ११ जना रहेको छ ।
शान्ति सुरक्षालाई मजबुद गर्न सिसिटिभि आबश्यक
जुम्लाको शान्ति सुरक्षालाई मजबुद गर्न सिसिटिभि आबश्यक रहेको छ । यसको लागी बत्ती अनिबार्य हुनु पर्छ । तर जुम्लाको चन्दननाथ नगरपालिकाभित्र रहेको खलङ्गा बजार लोडसेडिङको चर्को मारमा छ । यसले गर्दा जुम्ला बजार अन्धकार मात्रै भएको छैन । शान्ति सुरक्षामनै चुनौती थपेको छ। घर भित्रै दुई वटा सिरक ओडेर पनि तातोको महसुश गर्न नसकिने जुम्लामा प्रहरीले कसरी खुल्ला आकाशमा बसेर नागरिकको सुरक्षा देला भनेर सबै सरोकारवाला निकार्यले बुझ्न जरुरी छ । शान्ति सुरक्षालाई मजबुद पार्न र अपराध नियन्त्रण गर्नका लागी नगरपालिकाले डियु्टीमा बसेका प्रहरीलाई न्यानोको लागी दाउराको ब्यवस्थापन गर्न आबश्यक रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ । १ सय नागरिकका लागि एक प्रहरी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि अहिले जिल्लामा एक जना प्रहरीले ७ सय १५ जनाको सुरक्षा गर्नुपरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। नेपालको सन्दर्भमा एक प्रहरीले ३ सय सम्मको सुरक्षा गर्न सकिने अवस्था भए पनि यसतर्फ सरकारले आवश्यक प्रहरीको दरबन्दी उपलब्ध गराउन सकेको अवस्था छैन। जिल्लामा अपराध नियन्त्रण गर्न आवश्यक जनशक्ति हुनुपर्ने भन्दै डिएसपी काफ्लेले भने जिल्लाको शान्ति सुरक्षालाई मजबुद गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाको एकल प्रयासले मात्र सम्भव नहुने बताए । जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायको सहयोग र समन्वय हुनुपर्ने उनको भनाइ छ।