जुम्लामा वर्षा संगै हिमपात सुरु , जनजीवन कष्टकर

दिलमाया शाही
जुम्ला ः जुम्लामा वर्षा संगै हिमपमत सुरु भएको छ । हिमपात सुरु भएपछि यहाको जनजीवन कष्टकर बनेको हो । हिमपात र वर्षाले कर्णालीका हिमाली भेगका नागरिकको जनजीवन बढी प्रभावित बनेको छ।आईतबार साँझ साढे नौ बजेबाट वर्षा सुरु भए पछि सोमबार बिहाना साढे तिन बजे बाट हिमपात सुरुभएको हो । हिमपात भएपछि हिउदे बाली राम्रो हुने भएपनि चिसोका कारण जुम्लाका नागरिकको दैनिकी कष्टकर बनेको यहाँका स्थानीयले बताएका छन्।जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले हिमपातले नागरिकको दैनिकी सकस पूर्ण बन्दै गएको बताए ्। उनले हिमपातको समयमा जिल्ला वासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाब दिएका छन्। तर यस पटकको हिउ थोरै मात्रामा परेकाले खासै समस्या छैन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सबै जिल्लावासीलाई चिसोमा न्यानो कपडा लगाउन, घरबाहिर ननिस्कन र प्राकृतिक तथा मानवीय विपद् जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोका कारण हुने भाइरल रुघाखोकी, न्यूमोनिया, दमको रोगबाट बच्नका न्यानोमा बस्न, बिरामीलाई नियमित औषधि सेवन गरिराख्न, झोलिलो तातो खाने कुरा खान सन्देश दिएको छ।








