राष्ट्र निर्माणमा शिक्षा र हाम्रो भुमिका ।
समाज रुपान्तरणको प्रमुख आयम भनेको शिक्षा हो,जुनदेशको शिक्षा प्रणाली व्यवस्थित हुन्छ त्यहाँको नागरिक सामाजिक हुन्छन ।
एउटा मानिसलाई जिम्मेवार नागरिक बनाउन शिक्षाको महत्त्वपूर्ण भुमिका रहन्छ ।
समृद्ध समाज बनाउन सचेत नागरिक हुनुपर्दछ,नागरिक सचेत बनाउने कार्य शिक्षाको हो।जुन देशको नागरिक सचेत ,राष्ट्रभक्ती र सामाजिक हुन्छ विकासको गति पनि तीब्र भएको देखिन्छ ।
विश्वमा कुनै त्यस्तो देश छैन जुन विकसित हुन नागरिकको भुमिका नरहेको । तर्सथ समृद्ध राष्ट्र बनाउन सचेत नागरिक उत्पादन हुनु पर्द्छ त्यो कार्यभार पूरा गर्ने भनेको शिक्षा हो ।
नेपालमा शिक्षाको विकास विशेष गरि राणा शासन को अन्त्य पश्चात् भएको पाइन्छ ,मुलुकमा राजनीतिक परिवर्तन सङ्गै प्रजातान्त्रिक पद्धतिको विकास स्वतन्त्रताको विकास ,मानवअधिकारको विकासको वकालत भए सङ्गै नागरिक सचेतिकरणको लागि शैक्षिक क्षेत्रमा विकास भएको पाइन्छ ।
नागरिक साक्षरताले मुलुक बनाउछ कि नागरिक सचेतिकरणले ?
भन्ने कुरामा राज्य गम्भीर बन्न आवस्यक छ।वर्तमान अवस्थामा शिक्षामा विभेदिकरण कस्ले गर्यो ? किन शिक्षामा विभेद हुन्छ ?
यी समस्याको पहिचान कस्ले गर्ने ?
वर्गीय आधारमा किन आज निजि विद्यालय र सामुदायिक विद्यालय विभाजित भएको देखिन्छ?के शैक्षिक गुणस्तरमा निजि विद्यालय अब्बल छन त ?
साच्चिकै आज तुलनात्मक ढंगबाट अध्ययन गर्न आवश्यक छ ।
के हामिले खोजेको शैक्षिक गुणस्तर वार्षिक ग्रेडिङ्गमा आधारित जि पि ए अङ्कगणितिय मापन नै हो त?
एउटा बालक विद्यालय जाने समयमा आफू भन्दा कैयौं गुणा गह्रौं भारी बोकेको महसुस गरि रुञ्चे अनुहारमा विद्यालय जाने र घर फर्किदा खुला मनका साथ रित्तो प्रफुल्ल भएर किन खुसी भएर दौड्छ ?
विद्यालयको ट घण्टा समयलाई जेल जीवन जस्तो किन ठान्न थाल्यो? पिंजडा को ढोका खुलेपछी खुला आकाशमा उडेको चरा जस्तो किन गर्दछ? हामिले कहिले सोचेका छौ?बिहान सुरुको घण्टी बज्दा कहिले बालक वोल्छ ? तर जब अन्तिम घण्टी बज्छ बालक खुसिले चिच्याउछ।हामीले हाम्रो बच्चालाई राष्ट्रको लागि पढाउनेकी आफ्नो व्यक्तिगत फाइदाको लागि पढाउने भन्दा हामी आफ्नो लागि ,व्यक्तिको लागि ।
लेखक युवा गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा अनेरास्ववियु मध्यपश्चिमाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष समेत हुन ।