कर्णालीकाे विकासको पहिलो आधार अर्गानिक कृषि : मन्त्री केसी
सुर्खेत
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशको पहिलो विकासको आधार अर्गानिक कृषि भएको वताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको वुलवुले कृषि वजार ब्यवस्थापन समितिको भवनको औपचारिक उद्घाटन र्दै मन्त्री केसीले प्रदेशको पहिलो आधार भनेको नै अर्गानिक कृषि भएको वताउनुभएको हो ।
कार्यक्रममा मन्त्री केसीले अर्गानिक कृषिका माध्यामवाट कर्णालीको गरिवी अन्त्य गरिने वताउनुभयो । प्रदेश सरकारले आगामी आ.व. देखि प्रदेशका गरिव किसानको जीवनस्तर माथी उठने कार्यक्रम संचालन गरिने वताउनुभयो ।
कृषि मन्त्री समेत रहनुभएका केसीले वास्तविक कृषकको सुझाव लिएर प्रदेशको कृषि नीति वनाउने र त्यसैको आधारमा वजेट तथा कार्यक्रम निमार्ण हुने विश्वास दिलाउनुभयो । वास्तविक किसानहरुको सुझाववाट निमार्ण गरिएको नितिले गरिव खोज्दै जाने कार्यक्रम निमार्णमा मद्दत गर्ने विश्वास ब्यक्त गर्नुभयो । आगामी दिनमा गरिव किसानले प्राप्त गर्न सक्ने अनुदानको कार्यक्रम संचालन गरिने उहाँले वताउनुभयो ।
कोल्ड स्टोर वनाउन माग
सुर्खेतका कृषकहरुले प्रदेश राजधानी भएको वीरेन्द्रनगरमा सुविधा सम्पन्न कोल्डस्टोर निमार्ण गर्न माग गरेका छन ।
वीरेन्द्रनगरमा कोल्ड स्टोरको ब्यवस्था भए केही समय कर्णालीकै स्थानीय उत्पादन खाना पाइने वीरेन्द्रनगरका पर्वल शाहीले वताउनुभयो । “कोल्ड स्टोर भए जुम्लाका स्याउ र दैलेख तथा जाजरकोटका सुन्तला केही समय खाना पाइन्थ्यो, अहिले कोल्ड स्टोर छैन छिटटै विग्रिन्छ अनि वाहीरको वस्तु खानुपर्ने वाध्यता छ ”उहाँले भन्नुभयो ।
कर्णालीको स्थानीय उत्पादनलाई जोगाइ राख्न समस्या भएकाले वाहीर वाट आयात गर्नुपर्ने वाध्यता भएको उहाँले वताउनुभयो । कर्णालीमा स्थानीय उत्पादन वृद्धी गरि स्टोरिङग गर्नका लागी पनि कोल्ड स्टोरको आवश्यपता भएको शाहीको भनाई छ ।