प्रहरीले लिने निवेदन र जाहेरी दरखास्तको ढाँचा सार्वजनिक(फोटो फिचर)
जुम्ला :जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले प्रहरीमा दिनु पर्ने ठाडो निवेदन तथा जाहेरी दरखास्तको ढाँचा सार्वजनिक गरेका छन । उनले जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने पीडित व्यक्तिहरूको सेवा सहजता ल्याउनका लागी निवेदन र जाहेरी दरखास्तको ढाँचा सार्वजनिक गरेका हुन ।
उनका अनुसार यस अघि प्रहरीमा आउने सेवा ग्राहीले लेखन दासहरु संग शुल्क तिरेर निवेदान लेख्नु पर्ने बाध्यता थियो । प्रहरी नायव उपरिक्षक कामतीका अनुसार निवेदन लेख्नका लागि कुनै शुल्क तिर्नु पर्ने अवस्था हुदैन ।यस कार्यले स्थानीय समुदायमा सकारात्मक प्रतिक्रिया ल्याएको छ, जसले गर्दा पीडित व्यक्तिहरूलाई प्रहरी बाट दिइने न्याय प्राप्त गर्न छिटो सजिलो हुने छ।
यस अघि प्रहरीले लिने निवेदन तथा जाहेरीको ढाँचा हुन्दा कानुन ब्यवसायी संग लेखाउनु पर्ने बाध्यता थियो । जहाँ साक्षरता र कानुनी प्रक्रियाबारे जानकारीको अभावले गर्दा धेरैजसोले निवेदन लेखाउन अरूको सहायता लिँदा पैसा खर्च गर्नु परिरहेको थियो। यस समस्यालाई मध्यनजर गर्दै सेवा ग्राहीका लागी जुम्ला प्रहरीले सबै प्रहरी चौकी, तथा युनिटहरुमा प्रहरीले आफ्नै ढाँचामा तयार पारिएको निवेदनको फर्मेट र नमुना उपलब्ध गाराउने भएको छ ।
शनिवार जिल्ला प्रहरी कार्यालय जुम्लाले पत्रकार भेटघाट मार्फत सार्वजनिक गरेको ढाँचामा सेवाग्राहीको पहुँच हुने र सबैले एउटै ढाँचामा निवेदन लेख्न सक्ने छन ।भने यसले गर्दा निवेदन लेख्न अरूलाई पैसा तिर्नु नपर्ने र दोस्रो ब्यक्तिको सहयो बिना सेवा पाउने छन ।
त्यस्तै डिएसपी छेदीलाल कामतीले जाहेरी दरखास्तको ढाँचा सार्वजनिक गर्ने काम जनमैत्री प्रहरी प्रशासनतर्फको राम्रो महत्वपुण हो ।यसले विशेषगरी ग्रामीण क्षेत्रका पीडितहरूलाई जाहेरी दिन सजिलो बनाउने छ, । प्रहरीले आफुले सार्वजनिक गरेको निवेदन तथा जाहेरी दरखास्ताको ढाँचाले प्रहरीले दिने सेवाको प्रक्रिया पारदर्शी बन्ने र पीडितले आफूले भोगेको पीडा स्पष्ट रूपमा लेख्न सक्ने दाबी गरेको छ ।