डोल्पामा बिरामी अवस्थामा भेटिएका मुगुका बडुवालको उद्धार
मुगु:डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङस्थित सडक छेउमा बिरामी अवस्थामा बेवारिसे भेटिएका मुगुका एक पुरुषको प्रहरीले उद्धार गरेको छ।
इलाका प्रहरी कार्यालय करबगाडबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथ घर भएका ४७ वर्षीय कुम्भलाल बडुवाललाई बिरामी अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार सडक छेउमा बिरामी अवस्थामा भेटिएका बडुवाललाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो।
हाल बडुवालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। उनी डोल्पा पुग्नुको कारण तथा सडक छेउमा बिरामी अवस्थामा कसरी पुगे भन्ने विषयमा थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।







