जुम्ला प्रहरी द्धारा हिमा गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले हिमा गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । जुम्ला प्रहरीले नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । जिल्ला प्रहरी कार्यालय सामुदायक प्रहरी जुम्लाको प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनाई कार्यक्रम गरिएको छ ।

यस अघि पातारासी गाउँपालिकामा नागकि सुनुवाई कार्यक्रम गरिएको थियो । प्रहरीले नागरिकहरुलाई दिने सेवा प्रभावकारी रुपमा संञ्चालन गर्नका लागी नगरिकको गुनासो सन्न नागरिक सुनुवाई कार्यक्रम गाउँपालिका स्तरमा आयोजना गरिएको प्रहरी नायवब उपरिक्षक छेदीलाल कामतीले बताए । उनले नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने बताए । उनका अनुसार प्रत्येक पालिका पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने प्रहरी तयार रहेको छ ।

त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले पालिकालाई लक्ष्ति गरी उठेका सवालमाको बारेमा स्पष्ट पार्नू भएको थियो । उनले नागिरकको लागी शान्ति सुरक्षा कायम गर्ने प्रहरीले आफ्नो कार्य प्रगिती नागरिक माझ सार्वजनिक गर्नु राम्रो कुरा हो । उनले प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न हिमागाउँपालिकामा नागरिक सुनुवाइ सञ्चालन गरेको बताए । उक्त कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा अन्तरक्रिया समेत भएको थियो ।

त्यस्तै जिल्ला सरकारी वकिल अनिल रेग्मीले कनुन सबैलाई बराबरछ, कनुनको अनविज्ञता क्षम्य हुदैन भन्दै कुनै पनी नगरिकले अन्य सहेर नबस्न अनुरोध गरे । उनले “कानुन सबैका लागि बराबर छ चाहे धनी होस् वा गरिब, शक्तिशाली होस् वा सर्वसाधारण अपराध गरेको खण्डमा सजाय हुने गरेको छ।

हिंसा सहेर वा अन्याय सहेर बस्नु हुदैन , प्रहरी उजुरी नलिएको खण्डमा सरकार वकिल कार्यालयमा आउनु अनुरोध गरे । उनका अनुसार यदि कसैले कानुन नबुझेको वा नजानेको कारण देखाएर गल्ती गर्छ भने त्यो क्षमा गरिँदैन। कानुन जान्न सबैको जिम्मेवारी हुन्छ । त्यस्तै समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने सरोकारवालाहरुको भनाई छ । ।