माओवादीले बुझायो चन्दननाथ र शघन सहरी विकास कार्यालयलाई ध्यानार्कषण पत्र
जुम्ला :बिकिास निर्माणमा ढिलाइ गुणस्तरहीन काम गरेको भन्दै नेकपा माओवादीले बुझायो चन्दननाथ नगर पालिकालाइ र शघन सहरी विकास कार्यालयलाई ध्यानार्कषण पत्र बुझाएको छ । बिहिबार नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगर कमिटीले बिभिन्न माग राखेर ध्यानआर्कषण पत्र बुझाएको हो । सुरेन्द्र बहादुर महत अध्यक्ष रहेको उक्त कमिटिले विगत केही वर्षदेखि चन्दननाथ नगरपालिकाभित्र संचालित अधिकांश विकास निर्माणका ठेक्का पट्टाका कार्यहरु यस शघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले समयमै सम्पन्न गर्न नसकेको, र निर्माण गुणस्तरमा लापरवाही देखिएको र अधिकांश योजना अस्तव्यस्त अवस्थामा रहेको यथार्थतर्फ भन्दै ध्यानाकर्षण भएको बताएको छ ।
उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, शघंन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, जुम्ला यस क्षेत्रमा विकास योजना तथा ठेक्का प्रक्रिया अगाडि बढाउने जिम्मेवार निकाय हो। तर, लामो समयदेखि उक्त कार्यालयले नियमन र अनुगमनमा गम्भीर कमजोरी देखाएको, ठेकदार कम्पनीहरुप्रति कडाइ नगरेको र योजनाहरुको समयमै निरीक्षण नगर्दा स्थानीय जनतालाई ठुलो असुविधा हुँदै आएको छ। योजनाहरु समयमै सम्पन्न हुन नसक्नु, सार्वजनिक सम्पत्तिको दोहन हुनु, गुणस्तरहीन निर्माण कार्य हुनुले सरकारको सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको छ। साथै, योजनाहरूमा दलाल, ठेकेदार र केही कर्मचारी मिलेमतोको हुने गरेको शंका जनमानसमा परेको छ।
नेकपा माओवादी केन्द्र नगरकमिटिका मागहरु
१. शघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले नगर भित्रका अपूरा र विवादित योजनाहरू जस्तै बजार भित्रका सडक निर्माण र भवन निर्माण जुगाड खोला कोरिडोर रंगशाला र कर्तिकस्वामी कालोपत्रे सडक निर्माण कार्य अव्यस्थित भएकोले यथासिघ्र निर्माण कार्य सुचारु गर्नुपर्ने।
२. निर्माण कार्यमा ढिलाइ गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीहरु संग आवश्यक छलफल गरी गुणस्तरिय काम संचलन गरियोस ।
३. जनताको करको पैसामा खेलबाड गर्ने कर्मचारी र निर्माण व्यवसायीको मिलेमतोमा भई रहेको भन्ने व्यापक जनगुनासो आएको हुदाँ कार्यालयको गभीर ध्यान आर्कषण गर्दछौं ।
४. आगामी दिनमा योजना छनोटदेखि कार्यान्वयनसम्म स्थानीय जनप्रतिनिधि, नागरिक समाज र सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने।
५. शघन सहरी विकास कार्यालयबाट भए गरेका कामहरुको सार्वजानिक सुनुवाई गरियोस ।
त्यस्तै नेकपा माओवादी केन्द्र नगरकमिटि अध्यक्ष सुरेन्द्र बहादुर महतले हस्ताक्षर गरेको पत्रमा यदि सम्बन्धित निकायले चाँडै सुधार नगरेमा, हाम्रो पार्टी जनस्तरमा विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने बताइएको छ।उनका अनुसार विरोधका कार्यक्रम सञ्चालन गर्दा हुने क्षेतिको सम्पूर्ण जिम्मेवार सम्बन्धित कार्यालयको हुने छ।
त्यस्तै माओवादी केन्द्रको नगरकमिटिले चन्दननाथ नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, कृषि, विपद् व्यवस्थापन, वातावरण तथा फोहरमैला व्यवस्थापन र नीतिगत सुशासन लगायतका मूलभूत क्षेत्रहरुमा देखिएको गम्भीर बेथिति, प्रशासनिक लापरवाही, विकासको नाममा भएको खर्चको अपारदर्शिता तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका सेवाहरुको दयनीय अवस्थामा रहेको प्रति हनेकपा (माओवादी केन्द्र), चन्दननाथ नगर समिति गम्भीर ध्यानाकर्षण गराएको बताएको हो ।
उनीहरुले बुझाएहको पत्रमा भनिएको छ ,नगरपालिकाको जनप्रतिनिधि प्रणाली, जनउत्तरदायित्व, सेवा प्रवाहको प्रभावकारिता र सामाजिक न्यायको आदर्शलाई पछिल्लो समय बेवास्ता गरिँदै आएको स्पष्ट देखिन्छ। हाम्रो पार्टी निरन्तर जनताको पक्षमा रहेर नीतिगत र व्यवहारिक परिवर्तनका लागि संघर्षरत छ। यस सन्दर्भमा, नगरपालिकालाई सचेत गराउँदै हामी निम्न विषयगत मागहरू सार्वजनिक रूपमा प्रस्तुत गर्दछौं।
त्यस्तै नगरभित्रका शिक्षा क्षेत्र विद्यालयहरुको पूर्वाधार सुधार गरिनुका साथै शैक्षिक सामग्री समयमै उपलब्ध गराउने ,शिक्षण गुणस्तर सुधारका लागि प्रभावकारी अनुगमन र जवाफदेही प्रणाली लागू गर्ने नगरबाट दिने सवै खाले सेवा सबै विधालयहरुमा समान्न ढंगबाट वितरण गरिने लगायत माग गरेका छन । भने स्वास्थ्य क्षेत्रमा सबै वडाका स्वास्थ्य केन्द्र आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्थापन गर्न , निर्माणमा ढिलाई भएका आधारभुत स्वास्थ्य केन्द्र वडा नं ९ को भवन तत्काल सम्पन्न गर्न र अधारभुत स्वास्थ्य केन्द्र नभएका वडाहरु तत्काल स्वास्थ्य केन्द्र खोलन माग राखेका छन ।
त्यस्तै रोजगारीमा युवालाई लक्षित गर्दै सीपमूलक तालिम तथा स्वरोजगार कार्यक्रम तुरुन्त सञ्चालन गरी कृषि, पर्यटन तथा साना उद्योगमार्फत रोजगारी सिर्जनाका नीति अवलम्बन गर्न लगायतमा माग राखी नगरपालिकाका मेयर राजुसिंह कठायतलाई ध्यानार्कषण पत्र बुझाएका छन ।
त्यस्तै माओवादी केन्द्र नगरपालिकाले योजनाहरु समयमै सम्पन्न हुन नसक्नु, सार्वजनिक सम्पत्तिको दोहन भएको बताएको छ । गुणस्तरहीन निर्माण कार्य हुनुले सरकारको सेवा प्रवाहमा गम्भीर प्रश्न उठाएको छ । भने यता सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले काममा गुणस्तरता नभएको भन्ने सूझाव राम्रो नभएको बताए । बिकास निमार्णका बिषयमा गरिएको ध्यानाकर्षण आगामी दिनका सूझावको रुपमा लिने बताए ।