अखिल नेपाल खेलकुद महासंघ जुम्ला जिल्ला समिति गठन अध्यक्षमा बुढ्थापा


जुम्ला :जुम्लामा अखिल नेपाल खेलकुद महासंघ जुम्ला जिल्ला समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। बुधबार भएको पहिलो जिल्ला अधिवेशनले नयाँ कार्यसमितिमा अजय बुढ्थापा अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा यमराज शाही चयन भएका छन । भने सचिवको जिम्मेवारी गोबिन्द गौतमले पाएका छन् ।

त्यस्तै कोषाध्यक्षको भूमिकामा विनीता परियार चयन भएकी हुन ।नयाँ कार्यसमिति २३ सदस्य रहेको नव निर्वाचित अध्यक्ष अजय बुढ्थापाले बताए ।उनका अनुसार समितिले जिल्लाको खेलकुद क्षेत्रको समग्र विकास तथा युवाहरूलाई खेलकुद प्रति अभिप्रेरित गर्ने उद्देश्य लिएको छ। उनले भने,माओवादी केन्द्र निकटको यस कार्यसमितिले छिट्टै खेलकुदका वार्षिक कार्यक्रम सार्वजनिक गर्ने र जिल्ला भरका युवाहरु संग सहकार्य गरेर खेल क्षेत्रका बिकासमा टेवा पुगाउने प्रतिबद्धता गरेको छ ।

 

 

सम्बन्धित समाचार