रजिष्ट्रार महतले आसेपासे भर्ति गर्न खोलिएको विज्ञापन रद्ध गर्न माग गर्दै काठमाण्डौं स्थित सम्पर्क कार्यालयमा समेत ताला बन्दी


जुम्ला : कार्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानका रजिष्ट्रार नृपेन्द्र बहादुर महतले आसेपासेलाई भर्ति गर्न खोलिएको विज्ञापन रद्द गर्न माग गर्दै काठमाण्डौं मैतिदेवि, सेतोपुल स्थित सम्पर्क कार्यालय समेत अनिश्चितकालका लागी ताला बन्दी गरेका छन । प्रतिष्ठानका कर्मचारीले प्रतिष्ठानको ऐनको मर्म अनुरुप नभइ उल्टै प्रतिष्ठानको आर्थिकभारलाई मध्यनजर नगरि मिति २०८२/०२/२३ गते प्रतिष्ठानको वेभसाइटमा प्रकाशन भएको विज्ञापन रद्ध गर्न माग राख्दै प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले यस अघिनै पत्रकार समेलन मार्फत ध्यानाकर्षण गराएका थिए । उनीहरुका अनुसार रजिष्ट्रार महतको पदावधी सकिन केहि दिन मात्र बाँकी रहँदै गर्दा आफ्ना नजिकका आसेपासेलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिनु खेदजनक रहेको भन्दै बिहिबार काठमाण्डौँमा रहेको सम्पर्क कार्यालयमा समेत ताला बन्दी गरेका हुन ।प्रतिष्ठान कर्मचारीका अनुसार रजिष्टार महले पाँचौँ तह र चौथो तहका गरी एक हप्ताको अवधिमा पाँच जना भन्दा बढी सम्झौता मार्फत कर्मचारी प्रतिष्ठानमा पठाउने गरेको पाइएको छ ।


त्यस्तै प्रतिष्ठानको वेभसाइडमा प्रकाशन भएको विज्ञापन कार्यकारी परिषदबाट स्वीकृत गराई विज्ञापन गर्नु पर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी किताबमा समेत नभएको पदहरु समेत राखी विज्ञापन गरिनुमा कुनियत र नियम बिपरीत भएको बताएका छन । २०८२/०२/२३ गते प्रतिष्ठानको वेभसाइटमा प्रकाशन भएको विज्ञापनको अवधि सात दिन राखिएको छ । तर कुनै पनी कर्मचारीको लागी बिज्ञापन गर्दा प्रतिष्ठानको नियमावलीको ४को उपनियम १ बमोजिम २१ दिनको म्याद दिएको छ  ।प्रतिष्ठान कर्मचारी सेवा सर्त सम्बन्धी बनेको ऐनको ४३ मा सस्थालाई आर्थिक भार पर्ने गरी बिषयमा सरकारको स्वीकृती लिनु पर्ने ब्यवस्था छ यि कुनै कार्य भएका छैनन मनोमानी तरिकाले गरेको बिज्ञान रद्ध गर्न प्रतिष्ठान कर्मचारीको माग छ ।


त्यस्तै मिति २०८२ ।०२। २६ गतेका दिनदेखि प्रतिष्ठानको शिक्षण अस्पतालको इमर्जेन्सी सेवा बाहेक अन्य पदाधिकारी कक्ष , शैक्षिक तथा प्रशानिक कक्षहरु अनिश्चितकालका लागी बन्द हुने गरिएको प्रतिष्ठानका बरिष्ठ प्रशासकिय अधिकृत दन्द बहादुर शाहीले बताए । उनका अनुसार रजिष्टार महतका यस्ता गलत कार्यले प्रतिष्ठान ठुलो आर्थिक भार परेको छ । प्रतिष्ठानका कर्मचारीले जारी गरेका प्रेस विज्ञाप्ती भनिएको छ ,प्रतिष्ठानको ऐनको मर्म अनुरुप प्रतिष्ठानलाई अझै गतिशिल तथा विकसित गर्दै लैजानु पर्नेमा उल्टो प्रतिष्ठानको आर्थिकभारलाई मध्यनजर नगरि मिति २०८२/०२/२३ गते प्रतिष्ठानको वेभसाइटमा प्रकाशन भएको विज्ञापनमा हामी प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण भएको छ।
रजिष्ट्रारको पदावधी सकिन केहि दिन मात्र बाँकी रहँदै गर्दा आफ्ना नजिकका आसेपासेलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिनु खेदजनक छ ।

प्रतिष्ठानको वेभसाइडमा प्रकाशन भएको विज्ञापन कार्यकारी परिषदबाट स्वीकृत गराई विज्ञापन गर्नु पर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी किताबमा समेत नभएको पदहरु समेत राखी विज्ञापन गरिनुमा कुनियत प्रष्ट देखिन्छ । प्रतिष्ठानको आर्थिकभारको ख्याल नगरी दरवन्दी किताबमा नभएका पदहरुको विज्ञापन गरिनु संस्थाको हितमा नहुने निष्कर्ष निकाल्दै प्रकाशित विज्ञापन रद्ध गर्न माग गरिएका छन । उनीहरुले मिति २०८२/०२/२९ बाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाको काठमाण्डौं मैतिदेवि, सेतोपुल स्थित सम्पर्क कार्यालयमा समेत अनिश्चितकालका लागि तालाबन्दी गरेको प्रेस विज्ञाप्ती मार्फत जानकारी गराएका छन ।

सम्बन्धित समाचार