काठमाडौँ कब्जा गर्ने गफले दुनियाँमा एमालेको बेइज्जत भयो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौँ कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको बताएका छन् ।
उनले भने, ‘गफ हाँक्ने बाहेक केही छैन। उनीहरुले गफ गरे। हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखायौँ। यिनीहरुले गफ गरे काठमाडौँ कब्जा, लाजैमर्नु। गफ गरे काठमाडौँ कब्जाको। तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको। यस्ता छन्, यिनीहरुलाई केही मतलवको कुरा छैन। यो जिम्मेवारी लिने हामीले नै हो।’
प्रचण्डले वर्तमान सरकारको कुनै हैसियत नभएको पनि बताएका छन्।
आइतबार योङ कम्युनिष्ट लिग (वाईसीयल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इच्छाशक्ति नरहेको समेत आरोप लगाए।
प्रचण्डले यो सरकारको केही हैसियतै नभएको र इक्षाशक्ति पनि नभएको बताए ।